बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

२३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय खाेलिंदै

२३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय खाेलिंदै

images
२०८२ भाद्र १० गते, मंगलवार
२०८२ भाद्र १० गते, मंगलवार
  • काठमाडौं। सरकारले सेवा प्रवाहमा सहजता ल्याउन २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने भएको छ।

    images

    साेमबार बसेकाे मन्त्रिपरिषद बैठकले २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना सम्बन्धि प्रस्ताव मन्त्रिपरिषदकाे प्रशासन समितिमा पठाएकाे छ।

    images

    यस्तै प्रशासन समितिले आवश्यक छलफल गरि कार्यान्वयनका लागि अगाडि बढाउने छ। गृह मन्त्रालय मातहतका जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट हुने सेवा प्रवाहलाई थप सहज र सरल बनाउनका लागि एकै पटक ठूलाे संख्यामा इलाका प्रशासन कार्यालय स्थापना गर्न लागिएकाे हाे।

    सेवा प्रवाह गर्नुपर्ने क्षेत्रकाे जनसंख्या, भाैगाेलिक सुगमता र पहुँचबिच देखिएकाे असमानतालाई समाधान गर्न २३ जिल्लामा इलाका प्रशासन स्थापना गर्न लागिएको मन्त्रालयले जनाएको छ।

    सेवा प्रवाह गर्नुपर्ने क्षेत्रकाे जनसंख्या, भाैगाेलिक सुगमता र पहुँचबिच असमानता देखिएका ठाउँमा आगामी दिनमा पनि थप इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयकाे याेजना छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend