बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

स्वास्थ्यमन्त्री पौडेल हैजा प्रभावितहरुको अवस्था बुझ्न बिरगंजमा, नारायणी अस्पतालमा बिरामीसँग भेटघाट

स्वास्थ्यमन्त्री पौडेल हैजा प्रभावितहरुको अवस्था बुझ्न बिरगंजमा, नारायणी अस्पतालमा बिरामीसँग भेटघाट

images
२०८२ भाद्र ९ गते, सोमवार
२०८२ भाद्र ९ गते, सोमवार
  • बिरगंज। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल हैजा प्रभावित क्षेत्र बिरगंज आइपुगेका छन्। मन्त्री पौडेलले बिरगंजमा हैजाका बिरामीको उपचार भइरहेको सरकारी अस्पताल नारायणी अस्पतालमा पुगेर निरिक्षण गरेका छन्।

    images

    मन्त्री पौडेलले अस्पतालका प्रमुख मेसु डा. चुमनलाल दाससँग अस्पतालमा बिरामीको अवस्था र उपचार बारे चासो राखेका छन् भने कुनै पनि कसर नराखी उपचार अघि बढाउन समेत आग्रह गरेका छन्। 

    images

    सो क्रममा मन्त्री पौडेलले उपचारका लागि केन्द्र सरकारबाट अवश्यक सबै सहयोग उपलब्ध हुने भन्दै हैजालाई नियन्त्रणमा राख्ने र बिरामीको अवस्थालाई थप क्षती हुन नदिने गरेर अघि बढ्न समेत चिकित्सकहरूलाई आग्रह गरेका छन्।

    अस्पतालमा पुगेका मन्त्री पौडेलले हैजा प्रभावित बिरामी र आफन्तसँग कुराकानी समेत गरे। सो क्रममा अस्पतालबाट उपलब्ध सेवा प्रवाहबारे मन्त्री पौडेलले चासो राखेका थिए।

    बिरगंज महानगरपालिकाको वडा नम्बर ११, १२, १३, १४ र १६ मा हैजा फैलिएको छ। यस्तै पर्सा जिल्लाको पोखरीया नगरपालिकामा पनि हैजा पुष्टि भएको छ। सुरुमा बिरगंजको मुर्लीस्थित नयाँ टोलमा हैजा पुष्टि भएको थियो।

     

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend