मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

इम्बोस्ड नम्बर प्लेटको चौतर्फी विरोध, के छन् जडानका प्रक्रिया ?

इम्बोस्ड नम्बर प्लेटको चौतर्फी विरोध, के छन् जडानका प्रक्रिया ?

images
२०८२ भाद्र ८ गते, आइतवार
२०८२ भाद्र ८ गते, आइतवार
  • काठमाडौं। सरकारले आगामी असोज १ गतेदेखि सबैखाले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट लागु गर्ने निर्णयको यतिखेर चौतर्फी विरोध भइरहेको छ।

    images

    स्मार्ट लाइसेन्स वितरण नै चुनौती बनिरहेका बेला इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयको सर्वसाधारणदेखि सरोकारवाला सबैले चर्को आलोचना गरिरहेका छन्। यातायात व्यवस्था विभागको गएको साउन २० गतेको बैठकले सबै प्रदेशका सवारी दर्ता, नामसारी तथा नवीकरण गर्दा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको थियो।

    images

    इम्बोस्ड नम्बर प्लेट जडानको प्रक्रिया झन्झटिलो भएको, अंग्रेजी भाषा मात्रै समावेश भएको, महंगो दस्तुर भएको जस्ता जटिलताका कारण यस्तो निर्णय व्यवहारिक नभएको आम नागरिकको धारणा छ।

    सबैलाई अनिवार्य गर्न पटक पटक सरकारले तानाशाही नीति लिएको भन्दै यातायात व्यवसायीले समेत निर्णय तत्काल फिर्ता लिन दवाब दिइरहेका छन्।

    इम्बोस्डमा प्रयोग भएको लिपीको विषय राष्ट्रियतासँग जोडिएको भन्दै सुरुवातदेखि नै यो विषय विवादित हुँदै आएको छ। सरकारले नागरिककै सुरक्षाका लागि भन्दै नम्बर प्लेटमा व्यक्तिगत र सवारी साधनसम्बन्धी विवरणहरु स्टोर हुने चिप्स जडान गरेको छ। तर त्यही डाटा स्टोर हुने चिप्स रिड गर्ने मेसिन नहुनु पनि विरोधको अर्को कारण बन्दै आएको छ।

    यीनै चुनौतिकाबीच नेपालमा इम्बोस्ड नम्बर प्लेट जडान सुरु भएको नौ वर्ष बितिसक्दा पनि प्रभावकारी कार्यन्वयन हुन सकेको छैन। यद्यपी विभागले यो निर्णय फिर्ता लिने वा इम्बोस्ड गर्नुपर्ने अवधि लम्याउनेबारे थप निर्णय गरेको छैन।

    यो अवधिमा करिब ८० हजार सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिएको विभागको तथ्यांक छ।

    के छ इम्बोस्ड नम्बर प्लेट जडान गर्ने प्रक्रिया?

    इम्बोस्ड नम्बर प्लेट लिने प्रक्रियाका लागि अनलाइन फर्मको सेवा उपलध छ। यातायात व्यवस्था विभागको वेभसाइटमा गएर फर्म भर्न सकिन्छ। फर्म भर्न सवारी साधन र सवारी धनीको विवरण खुलाउने कागजातहरु नागरिकता, फोटो, ब्लुुबुक लगायत आवश्यक पर्छ।

    उक्त फर्म तोकिएको यातायात व्यवस्था कार्यालयमा आफैँ उपस्थित भएर बुझाउनुपर्ने हुन्छ। अनलाइनमार्फत् नै दस्तुर तिर्ने व्यवस्था पनि छ। यातायातमा जाँदा फर्मको साथमा बैंकलाई दस्तुर बुझाएको रसिद लैजानुपर्छ।

    दस्तुर कति लाग्छ?

    दुईपांग्रे सवारीको लागि २ हजार ५००, तीनपांग्रेका लागि २ हजार ९००, साना तथा मझौला चारपांग्रे सवारीको ३ हजार २०० र ठूला सवारीको दस्तुर ३ हजार ६०० रुपैयाँ तिर्नुपर्ने हुन्छ।

    साथै ब्लु बुकको प्रतिलिपि, चालु आर्थिक वर्षको सवारी कर गरेको रसिद पनि यातायात व्यवस्था कार्यालयमा गएर रुजु गराउनुपर्छ।

    कागजात रुजु गरेपछि कार्यालयले नै बायोमेट्रिकका लागि फोन म्यासेजमार्फत् बोलाउँछ। बायोमेट्रिकपछि यातायात कार्यालयले नै दिन तोकेर सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिदिन्छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend