बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

हैजा बढेपछि बिरगंजमा विद्यालय बन्द

हैजा बढेपछि बिरगंजमा विद्यालय बन्द

images
२०८२ भाद्र ८ गते, आइतवार
२०८२ भाद्र ८ गते, आइतवार
  • बिरगंज। केही दिनयता बिरगंजमा कोलेरा संक्रमण (हैजा) बढदै गएपछि विद्यालय बन्द गरिएको छ।

    images

    बिरगंजमा हैजाको प्रकोप समुदायस्तरमै फैलिएको छ। बिरगंज महानगरपालिकाको वडा नम्बर ११, १२, १३, १४ र १६ मा हैजा फैलिएको छ। यस्तै पर्सा जिल्लाको पोखरीया नगरपालिकामा पनि हैजा पुष्टि भएको छ। सुरुमा बिरगंजको मुर्लीस्थित नयाँ टोलमा हैजा पुष्टि भएको थियो।

    images

    बिरगंजमा समुदायस्तरमा नै हैजा फैलिएपछि महानगरपालिकाले आज आइतबार र भोलि सोमबारका लागि निजी तथा सामुदायिक सम्पुर्ण विद्यालय बन्द गर्न आह्वान गरेको हो। 

    महानगरको शैक्षिक प्रशासन महाशाखाले विगत केही दिनदेखि बिरगंजमा बढ्दै गएको हैजाको संक्रमणलाई मध्यनजर गर्दै आइतबार र सोमबार दुई दिनका लागि महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

    बिरगंजमा आइतबार बिहानसम्म ४२ जनामा हैजा पुष्टि भइसकेको छ भने विभिन्न अस्पतालमा १२९ जना उपचाररत छन्। समुदायस्तरमा अझै धेरै संख्यामा बिरामीहरू रहेको अनुमान छ। महानगरले प्रभावित क्षेत्रमा २५ वटा स्वास्थ्य टोली खटाएर हैजा रोकथाम तथा नियन्त्रणका लागि अभियान चलाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend