बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

एमडीका सात विषयको अध्ययन सुरु गर्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, मन्त्री र सचिवको अनुगमन

एमडीका सात विषयको अध्ययन सुरु गर्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, मन्त्री र सचिवको अनुगमन

images
२०८२ भाद्र ४ गते, बुधवार
२०८२ भाद्र ४ गते, बुधवार
  • काठमाडौं। हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले यसै शैक्षिकसत्रदेखि एमडी तहमा सात विषयको अध्ययन सुरु गर्दैछ।

    images

    हाल स्नातक तहमा मात्रै अध्ययन अध्यापन हुँदै आएको प्रतिष्ठानमा यसै शैक्षिक वर्षदेखि (एमडी)MD को सात विषय स्त्री तथा प्रसूति, फिजिसियन, जनरल सर्जरी, बालरोग, हाडजोर्नी तथा नशारोग, फेमिली फिजिसियन र एनेस्थेसियोलोजीको कक्षा सञ्चालन हुने भएको हो।

    images

    प्रतिष्ठानमा हाल बीएस्सी ( BSc) नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजी (BMLT), पब्लिक हेल्थ (BPH), ब्याचलर अफ फार्मेसी (B-Pharmacy) लगायतका स्नातक तहका कार्यक्रम सञ्चालन हुँदै आइरहेको छ।

    हाल सञ्चालन भएका कक्षाहरु हेटौंडा-११ नलेज भिलेज, हेटौंडा- ६ गौरीटार, हेटौंडा-४ हुप्राचौर, अनुसन्धान केन्द्र हेटौंडा-८ मा संचालन हुँदै आइरहेको छ।

    चिकित्सा शिक्षा आयोगले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यसै शैक्षिक सत्रदेखि एमबीबीएस पढाउनका लागि ५० सिट स्वीकृति प्रदान गरिसकेको छ।

    मन्त्री थापाद्वारा अवलोकन 

    बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा र सचिव डा. सुमित्रा गौतमले हाल शैक्षिक कार्यक्रम संचालन हुँदै आएको नलेज भिलेज, गौरीटार, हुप्राचौर र अनुसन्धान केन्द्रको अनुगमन निरीक्षण गरेका छन्।

    सो क्रममा मन्त्री थापा र सचिव डा गौतमले प्रतिष्ठानको भौतिक अवक्स्था र कक्षा संचालनको अवस्था बारे जानकारी लिए।

    यस्तै अवलोकनपछि मन्त्री थापाले बागमती प्रदेशका आधारभूत अस्पतालहरुको निर्माण सम्पन्न भइसकेको बताउँदै प्रतिष्ठानबाट उत्पादन भएका जनशक्तिलाई ती अस्पतालको सेवा विस्तारमा लगाउन सकिने बताए।

    त्यसैगरी सचिव डा. गौतमले प्रतिष्ठानको शैक्षिक तथा प्रशासनिक प्रगतिप्रति सन्तोष व्यक्त गर्दै सरकार र मन्त्रालय दुवै यसलाई थप सक्षम र भरपर्दो स्वास्थ्य शिक्षा केन्द्र बनाउन प्रतिवद्ध रहेको बताइन।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend