बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

डेङ्गी नियन्त्रण गर्न युवा परिचालन गर्दै काठमाडौं महानगर

डेङ्गी नियन्त्रण गर्न युवा परिचालन गर्दै काठमाडौं महानगर

images
२०८२ भाद्र २ गते, सोमवार
२०८२ भाद्र २ गते, सोमवार
  • काठमाडौँ। काठमाडौं महानगरपालिकाले डेङ्गी नियन्त्रणका लागि महानगर भित्र युवा परिचालन गर्ने भएको छ।

    images

    महानगरपालिकाले डेङ्गी जस्ता महामारीजन्य रोग रोकथाम र नियन्त्रण गर्न ३२ वटै वडामा गरेर झण्डै ३०० युवा परिचालन गर्ने तयारी गरेको हो। उनीहरु स्वयंसेवकका रुपमा परिचालन हुनेछन्।

    images

    महानगरपालिकाका स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण ‘फोकल पर्सन’ ऋषिप्रसाद भुसालका अनुसार अहिले महानगरपालिकाले सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा युवालाई परिचालन गर्न लागेको हो।

    यसअन्तर्गत लामखुट्टेको लार्भा नष्ट गर्न विशेष जोड दिइनेछ। त्यसका लागि पानी जम्ने खाल्डाखुल्डी पुर्ने, खुला स्थानमा राखिएका पानी जम्न सक्ने भाँडा, टायर हटाउने, उद्यान सरसफाइमा विशेष ध्यान दिनेलगायत काम गरिने उनले बताए।

    महानगरपालिकाले सहरी व्यवस्थापन विभागसँग मिलेर अव्यवस्थित रूपमा राखेका सामान हटाउनका लागि पहल गर्ने, पानी जम्ने सम्भावना भएको अवस्थालाई व्यवस्थापन गर्ने तयारी पनि गरेको छ।

    यससँगै कामपा प्रहरी, विपद् व्यवस्थापन विभाग र नेपाल रेडक्रस सोसाइटी तथा नागरिक सचेतना पनि सञ्चालन गरिने छ।

    वडा कार्यालय, स्वास्थ्य प्रवर्द्धन केन्द्र, स्थानीय क्लब, सामुदायिक प्रहरी र स्वास्थ्य स्वयंसेविकाको सहभागितामा यो अभियान सञ्चालन हुनेछ।

    त्यसैगरी महानगरपालिकाले हैजा रोग नियन्त्रण गर्न खानेपानीको गुणस्तरमा विशेष ध्यान दिँदै जारको पानी ढुवानीमा हुने कमजोरी रोक्न प्लास्टिक र्याप, स्टिकर र सचेतनामूलक अभियान सञ्चालन गर्ने तयारी गरेको छ। 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend