काठमाडौं। रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि २६ दल सहभागी हुन पाउने भएका छन्।
निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न तोकेको समयसीमा भित्र २६ दलले दल दर्ता गराएका हुन्।
निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले निर्वाचन प्रयोजनका लागि २७ राजनीतिक दलले दर्ता हुन निवेदन दिएकोमा २६ राजनीतिक दलको नाम उपनिर्वाचनका लागि योग्य भएको जानकारी दिइन्।
प्रवक्ता अर्यालका अनुसार नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले आवश्यक कागजात पेस नगरेका कारण उपनिर्वाचनका लागि अयोग्य ठहर भएको छ।
आयोगमा दर्ता भएका दलहरु मध्ये निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलले मात्र निर्वाचनमा भाग लिन पाउने निर्वाचन कानुनमा ब्यवस्था छ। सो आनुन अनुसार आयोगमा पहिले नै दर्ता भइसकेका राजनीतिक दलहरूले निर्वाचनका लागि आयोगमा पुन: दल दर्तागराउनु पर्छ।
यी हुन रुपन्देही-३ मा हुने उपनिर्वाचनमा सहभागी हुन पाउने राजनीतिक दलहरू :





