बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

गाउँका अस्पतालमा उपकरण पुर्याउँदै बागमतीका स्वास्थ्य मन्त्री

गाउँका अस्पतालमा उपकरण पुर्याउँदै बागमतीका स्वास्थ्य मन्त्री

images
२०८२ भाद्र २ गते, सोमवार
२०८२ भाद्र २ गते, सोमवार
  • काठमाडौं। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले स्वास्थ्य उपकरणमा प्रदेशका गुर्गम अस्पताललाई प्राथमिकतामा राख्दै अघि बढेका छन्।

    images

    इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री बन्दा दोहोरिने मन्त्रीमा परेका थापाले ग्रामिण जनताको स्वास्थ्य सुरक्षालाई प्राथमिकता राख्ने नीति लिएका छन्। 

    images

    उनले दुरदराजका अस्पताललाई स्वास्थ्य उपकरणमा अब्बल बनाएर मात्र जनताको स्वास्थ्यको सुरक्षा गर्न सकिने बताउँदै आइरहेका छन्।

    मन्त्री थापाले सोमबार सिन्धुपाल्चोकको दुर्गम पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामालाई ग्रामीण अल्ट्रासाउन्ड मेसिन, इसिजी मेशीन र विभिन्न औसधि हस्तान्तरण गर्दै ग्रामिण भुगोलका जनताको स्वास्थ्यलाई प्राथमिकतामा राख्नु पर्ने बताए।

    थापाले प्रदेश स्वास्थ्य मन्त्रालयस्थित आफ्नै कार्यकक्षमा लामालाई ती स्वास्थ्य उपकरण हस्तान्तरण गरेका हुन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend