बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

काठमाडौंका सार्वजनिक स्थलमा धुमपान गरे आजबाट पाँच सय जरिवाना

काठमाडौंका सार्वजनिक स्थलमा धुमपान गरे आजबाट पाँच सय जरिवाना

images
२०८२ भाद्र १ गते, आइतवार
२०८२ भाद्र १ गते, आइतवार
  • काठमाडौं। काठमाडौँ महानगरपालिका भित्रका सार्वजनिक स्थलहरुमा धुमपान गरे आजबाट पाँच सय रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ।

    images

    काठमाडौं महानगरले गत असार ३२ गतेको नगर सभाबाट चालु आर्थिक वर्षको आर्थिक विद्येयक पारित गर्दै यस्तो निर्णय गरेको थियो। यो निर्णय अनुसार आजदेखि सार्वजनिक स्थलहरुमा धुमपान गरे पाँच सय रुपैयाँ जरिवाना तिर्नुपर्ने छ।

    images

    यसबारे पत्रकार सम्मेलन गर्दै महानगरले भदौ १ गतेबाट जरिवानाको व्यवस्था लागु गरिने जानकारी दिएको थियो। महानगरले यसअघि निर्णय अनुसार साउन महिनाभर जरिवाना बारे जानकारीमूलक प्रचारप्रसार गरेको थियो। 

    निर्णय अनुसार सार्वजनिक स्थलमा व्यक्तिले धुमपान गरेको पाइए एक पटकको पाँच सय रुपैयाँ तिर्नुपर्नेछ भने दोहोर्याएर गरेको पाइए यो जरिवाना रकम दोब्बर हुनेछ।

    कुन कुन ठाउँमा गर्न पाइँदैन धुमपान?

    सुर्तिजन्य पदार्थ नियमन तथा निषेध ऐन २०६८ ले चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सूर्ति वा यस्तै प्रकारका अन्य पदार्थलाई धुमपानको रुपमा व्याख्या गरेको छ।

    सोही ऐनले  राज्य तथा सरकारी संस्था वा कार्यालय, शिक्षकालय, पुस्तकालय, तालिम तथा स्वास्थ्य सम्बन्धी संस्था, विमानस्थल, वायुसेवा तथा सार्वजनिक सवारी साधनलाई सार्वजनिक स्थल भनि परिभाषित गरेको छ।

    यस्तै बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, बाल उद्यान तथा क्लब, सार्वजनिक शौचालय र उद्योग कलकारखानाका कार्यस्थल पनि सार्वजनिक स्थलमा पर्दछन्।

    सोही ऐनले सिनेमा घर, सांस्कतिक केन्द्र तथा नाट्यशाला, होटल, मोटल, बार, रिसोर्ट, रेष्टुरेन्ट, भोजनालय, चमेना गृह, लज, छात्राबास, अतिथि गृह, रंगशाला, कबर्ड हल, शारीरिक सुगठन तथा व्यायाम स्थल, पौडी पोखरी, पुल हाउस, डिपार्टमेन्ट स्टोर, मिनी मार्केट, धर्मशाला, धार्मिक स्थल तथा सार्वजनिक सवारीका प्रतिक्षालय र टिकट काउण्टरलाई पनि सार्वजनिक स्थल भनि छुट्याएको छ।

    घर तथा निजी सवारी साधनमा समेत अन्य व्यक्तिलाई असर पर्नेगरी धुमपान गर्न नपाइने व्यवस्था सो ऐनमा उल्लेख छ। धुमपानकै लागि तोकिएका स्थलमा भने निषेध नगरिने ऐनमा व्यवस्था छ।

    महानगरले समेत निजी सम्पतिमा अन्य व्यक्तिलाई असर नपर्नेगरी धुमपान गर्न पाइने उल्लेख गरेको छ। सार्वजनिक स्थलमा यस्ता गतिविधीको निगरानीका लागि नगर प्रहरी खटाइने महानगरले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend