बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

बागमती प्रदेशमा हृदयघात भएका बिरामीको शल्यक्रिया निःशुल्क, कहाँ हुन्छ उपचार?

बागमती प्रदेशमा हृदयघात भएका बिरामीको शल्यक्रिया निःशुल्क, कहाँ हुन्छ उपचार?

images
२०८२ श्रावण ३० गते, शुक्रवार
२०८२ श्रावण ३० गते, शुक्रवार
  • काठमाडौं। बागमती प्रदेश सरकारले हृदयघात भएका बिरामीको निःशुल्क शल्यक्रिया गर्न चार अस्पताल तोकेको छ।

    images

    बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले काठमाडौंको राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकुमा केही दिन अघि चार केन्द्रीय अस्पतालसँग विशेष सम्झौता गर्दै हृदयघातको शल्यक्रिया पूर्ण निःशुल्क गर्ने घोषणा गरेको हो।

    images

    सम्झौतामा तोकिएका छन् यी अस्पताल

    यो सम्झौता अनुसार अब हृदयघातका बिरामीको शल्यक्रिया आवश्यक परेमा कुनै शुल्क तिर्नु पर्दैन। तर त्यसका लागि सम्झौता भएकै अस्पतालमा जानू पर्छ। 

    प्रदेश सरकारले त्यसका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, त्रिवि शिक्षण अस्पताल र बकुलहर रत्ननगर अस्पताललाई तोकेको छ।

    बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले यस सम्झौतापछि अब ती अस्पतालमा हृदयघातको शल्यक्रिया गर्न बिरामीले कुनै शुल्क तिर्न नपर्ने जानकारी दिए।

    पाठेघरको मुखको क्यान्सरका बिरामीलाई दोब्बर सहयोग

    यसैगरी १३ प्रादेशिक अस्पताल हरुमा पाठेघरको मुखको क्यान्सरका बिरामीले उपचारमा अब दोब्बर सहयोग पाउने मन्त्री थापाले जानकारी दिए। सो सम्बन्धि सम्झौता पनि त्यसै दिन भएको हो।

    संघीय सरकारले दिने १ लाख रुपैयाँ खर्चभएपछि प्रदेश सरकारले थप १ लाख रुपैयाँसम्मको उपचार खर्च व्यहोर्नेछ। यसअघि दिइँदै आएको ५० हजार रुपैयाँको सहयोग अब थप ५० हजारले वृद्धि हुने भएको छ।

    मन्त्री थापाको यो कदमले हृदयघात भएका बिरामीहरुलाई सबैभन्दा बढी राहत हुनेछ भने पाठेघरको मुखको क्यान्सरको उपचार गराउनु पर्ने बिरामीलाई समेत थप राहत हुनेछ।

    पाठेघरको मुखको क्यान्सर उपचारका लागि सम्झौतामा बी एण्ड बी अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, क्यान्सर केयर नेपाल, चितवन मेडिकल कलेज, निजामती सेवा अस्पताल, धुलिखेल अस्पताल, कान्ति बाल अस्पताल, काठमाडौं क्यान्सर सेन्टर, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, वीर अस्पताल, नेशनल सिटी अस्पताल, नेपाल क्यान्सर अस्पताल, परोपकार प्रसूति तथा महिला रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पताल रहेका छन्।

    स्वास्थ्य सेवा विकेन्द्रीकरण हुँदै

    मन्त्री थापाले स्वास्थ्य सेवालाई केन्द्रीकृत प्रणालीबाट बाहिर ल्याएर स्थानीय तहमा विस्तार गर्ने सरकारको लक्ष्य अनुसार आफू अघि बढेको बताए। 

    उनले १३ प्रादेशिक अस्पतालहरुमा पाठेघरको मुखको क्यान्सरका बिरामीका लागि त्यही अनुसार उपचारमा दोब्बर सहयोगको घोषणा गरिएको मन्त्री थापाले बताएका हुन्।

    यस्तै बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकि सचिव डा सुमित्रा गौतमले प्रोस्टेट क्यान्सर स्क्रिनिङलाई समेत प्राथमिकतामा राखेर कार्यक्रम ल्याइएको बताइन्।

    यसबाहेक, प्रदेश सरकारले ५० बेडसम्मका अस्पतालले वर्षमा कम्तीमा एकपटक र १०० बेडसम्मका अस्पतालले वर्षमा कम्तीमा दुईपटक दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend