बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

बागमती प्रदेशका १३ जिल्लामा योग समिति गठन गर्ने प्रक्रिया थालिएको छ : मन्त्री थापा

बागमती प्रदेशका १३ जिल्लामा योग समिति गठन गर्ने प्रक्रिया थालिएको छ : मन्त्री थापा

images
२०८२ श्रावण २४ गते, शनिवार
२०८२ श्रावण २४ गते, शनिवार
  • भक्तपुर। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले बागमती प्रदेशका १३ वटै जिल्लामा योग समिति गठन गरिने बताएका छन्।

    images

    शुक्रबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले मानवीय शरीरलाई निरोगी, सशक्त र सकारात्मक बनाउने शक्तिशाली साधना नै योग साधना भएको बताए।

    images

    थापाले योगको महत्वलाई आत्मसात गर्दै बागमती प्रदेश सरकारले योग प्रवर्द्धनका लागि रु. ५० लाखको बजेट भक्तपुरलाइ विनियोजन गरेको पनि जानकारी गराए।

    `प्रदेशका १३ वटै जिल्लामा योग समितिहरू गठन गर्ने कार्य थालिएको छ र योगको स्वामित्व पनि प्रदेश सरकारले लिनेछ भन्ने हाम्रो स्पष्ट प्रतिबद्धता छ।´ मन्त्री थापाले भने।

    उनले शारीरिक र मानसिक स्वास्थ्य सुदृढ बनाउँदै बागमती प्रदेशलाई स्वस्थ, सक्षम र सशक्त बनाउने दिशामा यो एउटा महत्वपूर्ण पाइला हुने बताएका हुन्।

    बागमती प्रदेश सरकारको उद्देश्य हरेक जिल्ला र हरेक समुदायमा योगको पहुँच पुर्याउनु रहेको भन्दै उनले अघि भने, `हाम्रो उद्देश्य भनेको हरेक जिल्लामा, हरेक समुदायसम्म योगको पहुँच पुर्‍याउनु हो।´

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend