बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

बागमती सरकारले ६ जनालाई डाक्टर र १० जनालाई नर्स पढाउने

बागमती सरकारले ६ जनालाई डाक्टर र १० जनालाई नर्स पढाउने

images
२०८२ श्रावण २३ गते, शुक्रवार
२०८२ श्रावण २३ गते, शुक्रवार
  • काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले प्रदेश सरकारले विभिन्न तीन विधामा ६ जनालाई डाक्टर र १० जनालाई नर्स पढाउने पहिलो निर्णय गरेको बताएका छन।

    images

    नेपाल किसान महासंघ बागमती प्रदेशको प्रथम अधिवेशनलाई बिहीबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा उद्घाटन गर्दै उनले आफू पद ओगट्न र फोटो टाँस्न मात्र मुख्यमन्त्री नभएको भन्दै काम गरेर देखाउने बताए।

    images

    `म पदका लागि र फोटो टाँस्न मुख्यमन्त्री बनेको होइन। पारदर्शी, उत्तरददायी र जनताप्रतिको जिम्मेवार भएर काम गरेर देखाउने लक्ष्यसहित मुख्यमन्त्री भएको हुँ।अरुले के गरे तपाइँहरु हेर्नुहोला। मैले पहिलो निर्णय नै प्रदेशभित्र रहेका गरिब, विपन्न, सिमान्तकृत, दलित, चेपाङ, जिरेल, भोटे, बनकरिया मध्येका छोराछोरीलाई डाक्टर पढाउँने सम्बन्धि गरेको छु।´ मुख्यमन्त्री बानियाँले भने।

    उनले ती समुदायका मध्ये अहिले २ जनालाई मेडिकल डाक्टर, २ जनालाई आयुर्वेद र २ जनालाई पशु सम्बन्धि डाक्टर गरी ६ जनालाई प्रदेश सरकारले विभिन्न विधाको डाक्टर पढाउने निर्णय गरेको बताए।

    यसैगरी १० जना गरिब विपन्न परिवारका छोरीहरूलाई नर्सिङ अध्ययन गराउने निर्णय आफुले पहिलो निर्णयमार्फत गरेको उनले सुनाए। बानियाँले मुख्यमन्त्रीको हैसियतले राज्यबाट पाउने कुनैपनि सुविधा नलिनेसमेत घोषणा गरे।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend