बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

बडीमालिका पुग्ने भक्तजनलाई लक्षित गर्दै सेनाको स्वास्थ्य शिविर

बडीमालिका पुग्ने भक्तजनलाई लक्षित गर्दै सेनाको स्वास्थ्य शिविर

images
२०८२ श्रावण २२ गते, बिहिवार
२०८२ श्रावण २२ गते, बिहिवार
  • बाजुरा। बडीमालिकाको दर्शनका लागि गएका भक्तजनलाई लक्षित गरी नेपाली सेनाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा बिहीबार ६ सय भन्दा बढी भक्तजनले सेवा लिएका छन्।

    images

    नेपाली सेनाको ईश्वरी बक्स गुल्म बाजुराले बडीमालिका मन्दिर, त्रिवेणी पाटन र बडीमालिका जानेबीच बाटोमा गरी तीन ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिएको जनाएको छ।

    images

    साउन २३ गते चतुर्दशीका दिन लाग्ने पूजाका लागि आएका भक्तजनहरुलाई लक्षित गर्दै निःशुल्क सेवा प्रदान गर्न सुरु गरिएको ईश्वरी बक्स गुल्म बाजुराका गुल्मपति सेनानी कृष्ण तिमिल्सेनाले जानकारी दिए।

    तिमिल्सेनाका अनुसार शिविरमा आएका तीन जना भक्तजनलाई उपचार गरी घर फर्काइएको छ।चतुर्दशीका लागि अगाडी देखि नै भक्तजनहरु त्यसतर्फ जाने गरेका छन्।

    सुदूरपश्चिमको धार्मिक आस्थाको धरोहरका रुपमा रहेको बडीमालिकामा यो वर्ष करिव पाँच हजारभन्दा बढी भक्तजनले दर्शन गरिसकेको गुल्मपति तिमिल्सेना बताउँछन्।

    सो क्षेत्र अत्यधिक उच्च स्थानमा अवस्थित छ भने लेक लाग्ने, अक्सिजनको मात्रा कम हुने समस्या हुने भएकाले सेनाले आकस्मिक अवस्थामा उपचारका लागि शिविर सञ्चालन गर्दै आएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend