बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

बागमती मन्त्री परिषद्

स्वास्थ्य मन्त्रीमा दोहोरिए किरण, डिजिटल रुपान्तरणका लागि तीन निर्णय

स्वास्थ्य मन्त्रीमा दोहोरिए किरण, डिजिटल रुपान्तरणका लागि तीन निर्णय

images
२०८२ श्रावण २० गते, मंगलवार
२०८२ श्रावण २० गते, मंगलवार
  • हेटौँडा। बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी फेरि पनि किरण थापाले पाएका छन। थापा यसअघि बहादुर सिंह लामा नेतृत्वको मन्त्रीपरिषद्मा पनि स्वास्थ्य मन्त्री थिए।

    images

    मंगलबार पुन: इन्द्र बानियाँको मन्त्री परिषद्मा प्रदेशको स्वास्थ्य मन्त्रीको सपथ लिएका थापाले सपथ लगत्तै पदभार ग्रहण गरे। उनले पदभार ग्रहण गर्दै मुलुकको स्वास्थ्य क्षेत्रको डिजिटल रुपान्तरणका लागि अनलाइन एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) मार्फत तीन वटा निर्णय पनि गरे।

    images

    जीआईओएमएसमार्फत बागमती प्रदेशमा विद्युतीय स्वास्थ्य आपतकालीन प्रतिकार्य प्रणाली विकास गर्ने निर्णयमा उल्लेख छ। सो प्रणाली मार्फत स्वास्थ्य सेवा प्रणालीलाई व्यवस्थित, छिटोछरितो र प्रभावकारी बनाउन तथा अस्पताल सेवामा सुधार ल्याउन सहज हुने अपेक्षा गरिएको छ।

    यस्तै स्वास्थ्य मन्त्रालय तथा मातहतका निकायहरूमा रहेका सवारी साधनहरूमा जीपीएस प्रणाली जडान गर्ने अर्को निर्णय गरिएको छ। यो प्रणालीमार्गत सरकारी सवारीसाधनको दुरुपयोग रोकिने अपेक्षा मन्त्री थापाले गरेका छन।

    यस्तै प्रदेशभर आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरूमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली लागु गर्ने अर्को निर्णय गरिएको छ। यसले आयुर्वेद तथा वैकल्पिक चिकित्साको क्षेत्रको अवस्थालाई थप ब्यवस्थित र भरपर्दो बनाउने अपेक्षा गरिएको छ।

    मन्त्रालयका सचीव डा. सुमित्रा गौतमले यी निर्णयहरू मुलुकको स्वास्थ्य क्षेत्रको डिजिटल रुपान्तरणमा महत्त्वपूर्ण कदम हुने मन्त्रालयको अपेक्षा रहेको बताइन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend