मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्रत्यारोपणका लागि कुन कुन नातेदारले दिन पाउँछन् मिर्गौला?

प्रत्यारोपणका लागि कुन कुन नातेदारले दिन पाउँछन् मिर्गौला?

images
२०८२ श्रावण १४ गते, बुधवार
२०८२ श्रावण १४ गते, बुधवार
  • काठमाडौं। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले एक महिनामा तीस जनामा मिर्गौला प्रत्यारोपण गरेको छ। केन्द्रले गएको असार महिनामा ती व्यक्तिमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको जनाएको छ।

    images

    यो हालसम्मकै सफल रेकर्ड भएको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए। उनका अनुसार केन्द्रबाट केन्द्रबाट हालसम्म (१३ वर्षमा) एक हजार ४७१ जनामा मिर्गौला तथा ३४ जनाको कलेजो प्रत्यारोपण गरिएको छ।

    images

    यी नातेदारले दिन पाउँछन् मिर्गौला  

    अंग प्रत्यारेपणका लागि नेपालमा मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ लागू छ। जसअनुसार परिवारका सदस्यसहित ५२ वटा सम्बन्धका नातेदारले कुनै पनि अंग दान गर्न सक्नेछन्।

    ऐनअनुसार पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, धर्मपुत्र, धर्मपुत्री, दाजु, भाइ, दिदी, बहिनी, बाजे, बज्यै, नाती, नातिनी, सासू ससुराले अंगदान गर्न पाइने व्यवस्था छ।

    त्यस्तै धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबु, आमा, सौतेनी बाबु, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाइ, दिदी, बहिनी, ठूलो बाबु, ठूली आमा, काका, काकी, सानो बाबु, सानी आमा, भतिजा, भतिजी, सासूससुरा, जेठाजु, जेठानी, देउरानी, नन्द, देवर, भाउजू, बुहारी, मामा माइजू, भान्जा भान्जी, साला साली, फुपू फुपाजु, आमाजु, भदा, भदै, भिनाजु, ज्वाईं र जेठानले पनि नजिकको आफन्तको रुपमा मिर्गौला दिनसक्ने उल्लेख छ।

    धर्मपुत्र–धर्मपुत्री र वैवाहिक सम्बन्धबाट कायम भएको नाताको हकमा भने कम्तिमा २ वर्षदेखि अटुट सम्बन्ध कायम रहेकोे हुनुपर्ने ऐनमा भनिएको छ।

    त्यसैगरी कसैले मृत्युअघि अंगदान गर्न चाहेमा त्यस्ता व्यक्तिलाई चिकित्सकले मस्तिष्क मृत्यु(ब्रेन डेथ)को घोषणा गरेपछि अन्य व्यक्तिलाई प्रत्यारोपण गर्न सकिने व्यवस्था गरिएको छ।

    मिर्गौला, कलेजो, प्याङ्क्रियाज लगायतका अंग दान गरी ब्रेन डेथ भएको एक व्यक्तिबाट आठ जनाको ज्यान बचाउन सकिने चिकित्सकहरु बताउँछन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend