काठमाडौं। कैलालीको टिकापुर अस्पतालमा डिस्चार्ज गरिएको बिरामीको बिषयलाई लिएर चिकित्सक तथा कर्मचारीलाई धम्की दिईएकाे छ। जिल्लाकाे जानकी १ का ३५ बर्षीय चनुवा चाैधरीकाे उपचारमा लापरबाही गरेकाे भन्दै स्थानीय कर्ण कुँवरले धम्कयाएकाे अस्पतालकाे दाबी छ।
आफूलाई पत्रकार बताउने कुँवरले राम्रोसँग उपचार नगरी डिस्चार्ज गरेकाे भन्दै फाेनमार्फत् धम्याएकाे र क्षतिपूर्ति समेतकाे माग गरेकाे अस्पतालले जनाएको छ।
सर्पदंशकाे उपचारका लागि साउन २ गते अस्पताल पुर्याइएका चाैधरीलाई उपचारपछि १८ घण्टा अबजरभेसनमा राखि साउन ३ मा डिस्चार्ज गरिएको थियाे।
कुँवरकाे फाेनपश्चात बिरामीको घरमा एम्बुलेन्स लिएर अस्पताल टाेली पुग्दा चाैधरी सकुशल रहेकाे र झारफुक गराइरहेकाे अवस्थामा भेटिएका थिए।
तर कुँवरले भने बिरामीको अवस्था सिकिस्त रहेकाे र अस्पतालमै क्यामेरा लिएर आउने धम्की दिएकाे भन्दै अस्पतालले ध्यानाकर्षण गराएकाे छ।
कुँवरकाे व्यवहारले अस्पतालकाे प्रतिष्ठामा आँच आएको र चिकित्सक स्वास्थ्यकर्मीकाे मनाेवल गिरेकाे भन्दै सम्बन्धित निकायसँग कानुनी कारबाहीको माग समेत गरेकाे छ ।



