बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

भेरी अस्पतालमा रेबिज विरुद्धको भ्याक्सिन अभाव

भेरी अस्पतालमा रेबिज विरुद्धको भ्याक्सिन अभाव

images
२०८२ श्रावण ५ गते, सोमवार
२०८२ श्रावण ५ गते, सोमवार
  • नेपालगन्ज। भेरी अस्पताल नेपालगन्जमा रेबिजविरुद्धको भ्याक्सिन अभाव भएको छ।

    images

    अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्ड डा.निराजन सुवेदीका अनुसार रेबिज विरुद्धको भ्याक्सिन अभाव हुँदा सेवाग्राही मर्कामा छन।

    images

    `गत जेठ देखि रेबिज बिरुद्धको भ्याक्सिन अभाव छ, अहिले रेबिजको खोप लगाउन आउनेलाई दिन सक्ने अवस्था छैन।´ अस्पतालका मेसु डा सुवेदीले भने।

    अस्पतालमा रेबिज विरुद्धको खोप संघ सरकार र प्रदेश सरकारबाट उपलब्ध हुँदै आएको थियो। सो खोप सेवाग्राहीलाई निःशुल्क रुपमा उपलब्ध गराइने गरिएको छ। तर अहिले खोप अभाव हुँदा सेवाग्राही आफैंले खरीद गरेर लगाउन ल्याउने गरेका छन।

    रेबिज विरुद्धको खोप कुकर तथा बाँदरले टोकेपछि लगाइने गरिएको छ। सो खोप भेरी अस्पतालमा मात्रै दैनिक ४०–५० डोज खोप खपत हुने गरेको अस्पतालले जनाएको छ।

    `खोप अभाव बारे स्वास्थ्य सेवा विभाग र प्रदेशमा जानकारी गराइसकेका छौं, तर केन्द्र र प्रदेश आपूर्ति केन्द्रमा नै अभाव छ भन्ने जानकारी आएको छ, कहिलेसम्म उपलब्ध हुन्छ, अन्योलमा छौं।´ अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्ड डा. सुवेदीले भने।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend