काठमाडौं। कागेश्वरी मनोहरा नगर अस्पतालमा प्रदान हुँदै आएको नाक, कान, घाँटी (ENT) सम्बन्धी विशेषज्ञ सेवा पूर्णकालीन रूपमा सञ्चालनमा ल्याइएको छ।
यसअघि दैनिक दुई घण्टा मात्र उपलब्ध रहेको सो सेवा सेवाग्राहीहरूको बढ्दो चाप र आवश्यकतालाई मध्यनजर गर्दै आज आइतबार देखि पूर्णकालीन रूपमा सञ्चालनमा ल्याइएको हो।
अस्पतालमा डा. अञ्जु शाह (ENT Specialist) द्वारा हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म अब नियमित रूपमा सेवा उपलब्ध गराइने नगर अस्पतालले जनाएको छ।
उक्त सेवा सहज, गुणस्तरीय र विशेषज्ञमार्फत प्रदान गरिने हुँदा सम्पूर्ण सेवाग्राही महानुभावहरूलाई सेवा उपयोग गर्न अस्पतालले अनुरोध पनि गरेको छ।



