बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

हेटौँडामा प्रहरी अस्पतालको शिलान्यास

हेटौँडामा प्रहरी अस्पतालको शिलान्यास

images
२०८२ आषाढ ३१ गते, मंगलवार
२०८२ आषाढ ३१ गते, मंगलवार
  • काठमाडौं। हेटौँडामा बागमती प्रदेश प्रहरी अस्पतालको शिलान्यास भएको छ।

    images

    हेटौंडा उपमहानगरपालिका–१७ स्थित हटियामा मंगलबार बागमती अस्पतालको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले शिलान्यास गरेका हुन्।

    images

    सो कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख डीआइजी अरुण पौडेल, एसएसपी संजय सिंह थापा लगायत एसपीहरूको उपस्थित रहेको थियो।

    अस्पताल शिलान्यासपछि मन्त्री लामिछानेले अस्पताल निर्माणपछि प्रहरी कर्मचारीसँगै स्थानीय बासिन्दासमेत लाभान्वित हुने बताए।

    उनले प्रदेशको सुरक्षाको विषयमा सरकार गम्भीर रहेकाले नागरिक तथा प्रहरीलाई लक्षित गरेर अस्पताल निर्माण थालिएको बताएका हुन।

    बागमती प्रदेश प्रहरी कार्यालय मार्फत कार्यान्वयन हुने आयोजनाअन्तर्गत पहिलो चरणमा अस्पताल परिसरमा बहिरङ्ग विभागको कक्ष, कर्मचारी आवास, अस्पताल परिसरको घेराबार, डिप बोरिङ, पार्किङलगायतका अस्पतालका संरचनाहरु बनाइने छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend