काठमाडौं। काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करीब २५ करोड बराबरको वजेटको सीमा निर्धारण गरेको छ।
महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षमा महानगर कार्यालय, काठमाडौं प्लाजामा बसेको राजश्व परामर्श समितिको वैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेटको सीमा निर्धारण गरेको हो।
बैठकले आगामी आर्थिक बर्षका लागि करिव २५ करोड बराबरको वजेटको सीमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गर्ने निर्णय गरेको छ।
वैठकमा प्रमुख शाहले जनचाहना अनुरुप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिए।
चालु आर्थिक बर्षको तुलनामा आगामी आर्थिक बर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णय नै गरेको छ।
शुक्रबार नै बसेको ४० औं नगरकार्यपालिका वैठकले नगरसभाको मिति असार २९ गतेका लागि निर्धारण गरेको छ। नगरसभा मार्फत बजेट सार्वजनिक हुनेछ।
नगरसभा वैठकमा प्रमुख बालेन्द्र शाह (बालेन)ले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन भने उपप्रमुख सुनिता डंगोलले बजेट पेश गर्ने छिन।
वैठकमा राजश्व परामर्श समितका संयोजक, सदस्य, सदस्य सचिव तथा विभागिय प्रमुखहरुको उपस्थिति रहेको थियो।



