बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

सर्वसाधारणको फोन नउठेपछि अस्पताल प्रमुखलाई मोबाइल उपहार

सर्वसाधारणको फोन नउठेपछि अस्पताल प्रमुखलाई मोबाइल उपहार

images
२०८२ आषाढ २७ गते, शुक्रवार
२०८२ आषाढ २७ गते, शुक्रवार
  • रुकुम पूर्व। बारम्बार फोन गर्दा पनि नउठ्ने समस्या भएपछि रुकुम पूर्व अस्पतालका प्रमुखलाई मोबाइल फोन उपहार दिइएको छ।

    images

    बारम्बार फोन गर्दा नउठ्ने समस्याले सर्वसाधारण समस्यामा परेपछि नेपाल पत्रकार महासंघ रुकुम पूर्वले अस्पतालका निमित्त कार्यालय प्रमुख डा कृष्ण खनाललाई मोबाइल फोन उपहार दिएको हो।

    images

    पत्रकार महासंघ रुकुम पूर्वका अध्यक्ष वसन्त बाँठा मगरले सेवाग्राहीले फोन गर्दा नउठ्ने समस्या नहटेपछि नेपाल टेलिकमको सिम कार्ड सहित मोबाइल फोन उपहार दिइएको जानकारी दिए। उनका अनुसार अस्पताललाई लाभा कम्पनीको किप्याड फोन र एनटीसीको सिमकार्ड दिइएको हो।

    उनले भने, “वार्षिक समीक्षा बैठकहरूमा पनि अस्पतालको फोन नउठ्ने गरेको भनेर सधैँ गुनासो आउने गरेको थियो, सर्वसाधारणबाट पनि धेरै गुनासो आयो, फोन नउठ्ने समस्यालाई दीर्घकालीन रुपमा समाधान होस भनेर सिम कार्डसहित मोबाइल फोन उपहार दिएका हौं।” अध्यक्ष मगरले भने। 

    अस्पतालका निमित्त कार्यालय प्रमुख डा खनालले पत्रकार महासंघको यो अभियानलाई आफुले सकारात्मक रुपमा लिएको बताउँदै अस्पतालको ध्यानाकर्षण भएको र सेवा सुधारमा ध्यान दिने बताए।

    उनले सबैको साथ र सहयोगबाट अस्पतालको सेवा सुधार हुने भन्दै त्यसका लागि सबै पक्षको साथको अपेक्षा आफुले गरेको पनि बताए। 

    कार्यक्रममा महासंघका कार्यसमितिका पदाधिकारी तथा अन्य पत्रकार संगठनका पदाधिकारीहरु पनि सहभागी थिए।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend