बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु, आफन्त आन्दोलित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु, आफन्त आन्दोलित

images
२०८२ आषाढ २० गते, शुक्रवार
२०८२ आषाढ २० गते, शुक्रवार
  • दाङ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि मृतकका आफन्तले आन्दोलनमा उत्रिएका छन। घोराही उपमहानगरपालिका–१८ कि गुड्डी सुनारको अस्पतालमा शुक्रबार निधन भएको थियो।

    images

    २१ वर्षकी सुनारलाई सुत्केरी व्यथा लागेपछि शुक्रबार बिहान ४ बजे प्रतिष्ठान ल्याइएको थियो। उनलाई अस्पतालमा ल्याइएर चेक जाँच गरेपछि चिकित्सकले १० बजेसम्म सामान्य डेलिभरी हुने बताएका थिए। तर डेलिभरी नभएपछि शल्यक्रियामार्फत सुत्केरी गराएको थियो भने छोरीको जन्म भएको थियो। शल्यक्रियाको केही समयमा नै आमाको मृत्यु भएको थियो।

    images

    सुत्केरीको मृत्यु भएपछि उनका आफन्तले भने शल्यक्रिया गर्दा चिकित्सकको कमजोरी भएको आरोप लगाएका छन। उनीहरुले अस्पतालको ‘अपरेशन वार्ड’मा प्रवेश गरी केही चिकित्सक माथि हातपात  समेत गरेको अस्पताल प्रशासनले भनेको छ।

    मृतकका ससुरा महाबीर सुनारले आफ्नो माइली बुहारीको मृत्यु चिकित्सकको लापरबाहीका कारण भएको भन्दै आन्दोलनमा उत्रनु परेको बताए। उनले न्याय नपाएसम्म मृतक बुहारीको शव नउठाउने बताए।

    मृतकका आफन्तले नवजात शिशुको उपचारसहित क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने भन्दै अस्पतालमा आन्दोलन गरिरहेका छन।

    प्रतिष्ठानका निर्देशक डा.जनार्दन पन्थीले सुत्केरीको मृत्युबारे जानकारी लिने काम भइरहेको र वस्तुगत यथार्थ बारे पछि जानकारी गराउने जानकारी दिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend