काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिकामा नगर अस्पतालको नयाँ भवनको शिलान्यास गरिएको छ।
बुधबार नगरप्रमुख कृष्णहरी महर्जनले नगर अस्पतालको शिलान्यास गरेका हुन। नगर अस्पताल वडा नम्बर ६ धर्मस्थलीमा बन्ने छ।
नयाँ निर्माण हुने अस्पताल भवन ओपिडीको लागि प्रयोग गरिने नगरप्रमुख महर्जनले जानकारी दिए। उनका अनुसार बाँकी भवनबाट अरु सेवा प्रदान गरिनेछ।
महर्जनले नयाँ भवन तोकिएको समय भित्रै तयार भई सेवा सुचारु हुने बताए। नगर अस्पताल निर्माणका लागि १ करोड २६ लाख १८ हजार ५२३ रुपैयाँको लगानीमा माहाबाई जगन्नाथ बिल्डर्स प्रालिले ठेक्का पाएको छ।
शिलान्यास कार्यक्रममा नगरकी उपप्रमुख सृजना बुर्लाकोटीले भवन समयमा नै तयार भएर स्थानीयवासीले अस्पतालबाट छिट्टै नै सेवा प्राप्त गर्ने बताइन।
शिलान्यासमा तारकेश्वर नगरपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न शाखा प्रमुखहरु, कर्मचारी, पत्रकार र स्थानीयको उपस्थिति थियो।




