काभ्रेपलाञ्चोक। पाँचखाल नगरपालिकाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको छ।
नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता भएसँगै पाँचखाल नगरपालिकाले नगरवासीलाई निःशुल्क रगत प्रदान गर्ने भएको हो।
नगरप्रमुख महेश खरेलले नगरवासीलाई उपचारमा सहजताहोस र रगत अभावका कारण उपचारका क्रममा थप पीडा नहोस भन्ने उद्देश्यले सो सम्झौता गरिएको बताए।
“नगरवासीलाई उपचारका क्रममा सहजता होस र रगत अभावका कारण ज्यान गुमाउने सम्मको अव्स्था नहोस तथा थप पीडा भोग्न नपरोस् भन्ने उद्देश्यले रेडक्रससँग सम्झौता गरेका हौँ”, नगरप्रमुख खरेलले भने।
सम्झौता अनुसार रेडक्रसले निःशुल्क आवश्यक रगत उपलब्ध गराए बापत नगरपालिकाले नै रेडक्रसलाई आवश्यक रकम उपलब्ध गराउने छ। यसो हुँदा बिरामी पक्षलाई थप आर्थिक भार पर्दैन।
नगरपालिकाले रेडक्रसलाई रगत उपलब्ध गराए वापत प्रतियुनिट रु एक हजार ५० उपलब्ध गराउने सम्झौतामा उल्लेख छ।



