काठमाडौं। काठमाडौंको चन्द्रागिरिमा रहेको चन्द्रागिरि नगर प्राथमिक अस्पतालमा रेबिज विरुद्धको खोप अभाव भएको छ।
थानकोटमा रहेको चन्द्रागिरि नगर प्राथमिक अस्पतालमा रेबिज विरुद्धको खोप अभाव भएपछि खोप सेवा नै स्थगित भएको छ। खोप सेवा नै स्थगित हुने अवस्था आएपछि स्थानीयहरु समस्यामा परेका छन।
अस्पतालले आइतबार जारी गरेको विज्ञप्ति अनुसार रेबिज विरुद्धको खोप अभाव भएपछि खोप सेवा स्थगित गरिएको हो।
अस्पताल प्रशासनले जारी गरेको सूचनामा अर्को सूचना नभएसम्मको लागि अस्पतालबाट संचालन भईरहेको रेबिज विरुद्धको खोप सेवा रोकिएको जनाइएको छ।




