मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

झापामा बढ्न थाल्यो डेंगु, बैशाख यता ६१ जनामा संक्रमण

झापामा बढ्न थाल्यो डेंगु, बैशाख यता ६१ जनामा संक्रमण

images
२०८२ आषाढ १४ गते, शनिवार
२०८२ आषाढ १४ गते, शनिवार
  • झापा। झापामा डेंगु सक्रमण बड्दै गएको छ। गत वैशाखयता झापामा डेंगु सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान नै सुरु गरिएको छ।

    images

    २०८२ वैशाखदेखि असार १३ गते शुक्रबारसम्म झापामा ६१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। बिर्तामोड नगरपालिकाअन्तर्गत स्वास्थ्य शाखाका महामारीजन्य रोग नियन्त्रण रोकथाम कार्यक्रम संयोजक ओम खड्काका अनुसार बिर्तामोडमा ५४, दमक नगरपालिकामा १ र गौराहद नगरपालिकामा ६ सङ्क्रमित फेला परेका हुन्।

    images

    ‘बिर्तामोडमा डेंगु सङ्क्रमण उच्च देखिएको छ, अन्य जिल्लाबाट उपचारका लागि आउने बिरामीको परीक्षण गर्दा पनि सङ्क्रमणदर उच्च देखिएको हो।’ खड्काले भने।

    जिल्लामा चालु आर्थिक वर्षको असार १३ गतेसम्म एक हजार दुई सय ९१ जना  डेंगु सङ्क्रमित फेला परेको खड्काले जानकारी दिए ।  

    डेंगु सङ्क्रमण बढ्न थालेपछि बिर्तामोडमा भने लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ। नगरपालिकाको सहभालहमा आज ‘डेङ्गीसहित विभिन्न किटजन्य रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्न सरोकार भएकासँग अभिमुखीकरण’ कार्यक्रम आयोजना गरी उक्त अभियानको सुरुआत गरिएको हो।

    नगरपालिकाका कार्यवाहक नगरप्रमुख नगेन्द्र सङ्ग्रौलाले अभियानको शुभारम्भ गर्दै रोग लाग्नुभन्दा लाग्न नदिने वातावरण सिर्जना गर्न सबैले सहकार्य र समन्वय गरी सचेत हुनुपर्ने बताए।

    नगर क्षेत्रमा रहेका सहकारी, बैंकलगायत सङ्घ संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत महामारीजन्य रोग नियन्त्रण सहकार्य गर्न उनले सबैलाई आग्रह गरे। बिर्ता बजार क्षेत्रमा रहेका मोटरसाइकल ग्यारेज, पसललगायत सम्भावित स्थानमा गएर लार्भा नष्ट गरिएको छ।

    अभिमुखीकरण कार्यक्रममा नगरका १० वटै वडाका आधारभूत स्वास्थ्य केन्द्रलाई महामारीजन्य रोग नियन्त्रणका लागि ‘पोर्टेबल महामारी किट’ वितरण गरिएको नगर उपप्रमुखसमेत रहेका सङ्ग्रौलाले जानकारी दिए।

    अभिमुखीकरण कार्यक्रममा नगरका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक अजय पौडेलले प्रस्तुतीकरण दिँदै मनसुन सुरु भएसँगै किटजन्य महामारीको सङ्क्रमण उच्च हुने भएकाले सम्भावित जोखिमबाट बच्न सबै सचेत हुनुपर्ने बताए।

    ‘अन्य किटभन्दा लामखुट्टेको जोखिम बढी छ’, उनले भने, ‘छ प्रकारका रोग लामखुट्टेले सार्छ, यसको समयमा नियन्त्रण गर्न सकिएन भने छोटो समयमा महामारीका रूपमा फैलिन सक्छ।’

    बिर्तामोडमा पाँच वर्षयता मलेरिया नदेखिएको जनाउँदै जनस्वास्थ्य निरीक्षक पौडेलले कालाजार र जापानिज इन्सेफ्लाइटिसका बिरामी एक/एक जना भेटिएको उल्लेख गरे 

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर विष्टले जलवायु परिवर्तनका कारण  डेंगु सङ्क्रमण पुसमा देखिएकाले यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सबै लाग्नुपर्ने आवश्यकता रहेको औँल्याए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend