मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

उमेर नपुगी विवाह, २० वर्ष नपुग्दै किशोरी आमा

उमेर नपुगी विवाह, २० वर्ष नपुग्दै किशोरी आमा

images
२०८२ आषाढ १४ गते, शनिवार
२०८२ आषाढ १४ गते, शनिवार
  • कञ्चनपुर। उमेर नपुगी विवाह गर्दा कंचनपुरमा किशोरी आमा बढ्नेक्रम बढ्दै गएको छ।।

    images

    कंचनपुरको शुक्लाफाँटा नगरपालिकामा २० वर्ष मुनिका किशोरी आमा बन्ने दर बढ्दै जान थालेको हो। यसरी उमेर नपुग्दै विवाह हुँदा आमा बन्ने किशोरीको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पर्दै गएको छ।

    images

    नगरपालिकाको स्वास्थ्य शाखाको तथ्यांक अनुसार चालु आवमा बर्थिङ सेटरमा सुत्केरी भएका ३ सय २ महिलामध्ये २० वर्ष मुनिका ३० जना भेटिएका हुन। गत वर्ष त्यो सङ्ख्या २८ थियो। तथ्यांक अनुसार उमेर नपुगी आमा बन्ने किशोरीको उमेर १६ देखि १९ वर्ष छ।

    बीस वर्ष मुनिका किशोरीमा गर्भाधारणका लागि शरीर परिपक्व नहुँदा बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था जोखिममा पर्ने नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले बताउँछन।

    उनका अनुसार कानुनी रूपमा २० वर्षभन्दा कम उमेरमा विवाह गर्न नपाइने प्रावधान भए पनि व्यवहारमा भने त्यो लागू हुन सकेको छैन। शिक्षा, जनचेतना र यौन स्वास्थ्यसम्बन्धी जानकारीको अभावले किशोरी सुरक्षित यौन व्यवहारबारे जानकारी नपाई गर्भवती हुने गरेको उनी बताउँछन्।

    शरीरको पूर्ण विकास नहुँदा प्रसूतिमा जटिलता, कम तौलको बच्चा जन्मिनु, सङ्क्रमणको जोखिम आमामा रहन्छ भने जन्मने शिशुमा शारीरिक कमजोरी र सङ्क्रमण दर बढ्दो रुपमा रहेको पाइने गरेको उनी बताउँछन।

    उनले शिक्षा, जनचेतना र स्वास्थ्य सेवा सुदृढ पार्नसकेमात्रै किशोरी गर्भाधारण दर घटाउन सकिने बताए।

    “शिक्षा, जनचेतना र स्वास्थ्य सेवा सुदृढ पार्नसकेमात्रै किशोरी गर्भाधारण दर घटाउन सकिन्छ, समुदायस्तरमा महिला शिक्षाको पहुँचलाई अभिवृद्धि गर्दै किशोरीलाई यौन शिक्षा दिने कार्यसँगै बालविवाह विरुद्धको कानुनी प्रावधानबारे जानकारी गराइनुपर्छ।” नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख भट्टले भने।

    अधिकांश २० वर्ष मुनिका गर्भवती हुने किशोरीमा विद्यालयको पढाइबीचमै छाडेर भागी विवाह गरेको पाइएको छ। तथ्यांकले अभिभावकको दबाबमा किशोरावस्थामै विवाह हुने गरेको अव्स्था भने देखाएको छैन।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend