मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

शनिबार भारी वर्षाको सम्भावना, कहाँ कहाँ हुनसक्छ असर?

शनिबार भारी वर्षाको सम्भावना, कहाँ कहाँ हुनसक्छ असर?

images
२०८२ आषाढ १३ गते, शुक्रवार
२०८२ आषाढ १३ गते, शुक्रवार
  • काठमाडौं। जल तथा मौसम विज्ञान विभागले शनिबार देशका केही स्थानमा भारी भन्दा भारी वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ।

    images

    जल तथा मौसम विज्ञान विभागले शुक्रबार राती जारी गरेको विशेष बुलेटिनमा शनिबार साँझदेखि असार १६ सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भू-भाग, सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भू-भागका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भनिएको छ।

    images

    ‘भोलि असार १४ गते शनिबार साँझदेखि असार १६ सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भू-भाग, सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भू-भागका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै अन्य प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा समेत भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।‘ तसर्थ, सम्भावित भारीदेखि धेरै भारी वर्षाको कारण भू-क्षय, बाढी, पहिरो तथा गेग्य्रान बहाव (debris flow) को जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न अनुरोध छ।´ विभागले जारी गरेको विशेष बुलेटिनमा भनिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend