मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नगर भित्रका सुरक्षा निकायलाई चन्द्रागिरिले दियो विपदका उद्धार सामग्री

नगर भित्रका सुरक्षा निकायलाई चन्द्रागिरिले दियो विपदका उद्धार सामग्री

images
२०८२ आषाढ १२ गते, बिहिवार
२०८२ आषाढ १२ गते, बिहिवार
  • काठमाडौं। चन्द्रागिरि नगरपालिकाले नगर भित्रका सुरक्षा निकायलाई विपदजन्य उद्धारका लागि आवश्यक पर्ने सामग्री दिएको छ।

    images

    चन्द्रागिरि नगरपालिकाले बिहीबार नगर कार्य क्षेत्र भित्रका सुरक्षा निकायहरुमा मनसुनजन्य विपदलाई लक्षित गरि लाईफ ज्याकेट, हेलमेट, डोरी लगायत ११ प्रकारका सामग्री उपलब्ध गराएको हो।

    images

    नगर प्रमुख घनश्याम गिरिले विपदका समयमा जनताको सेवामा खट्ने सुरक्षा निकायलाई आवश्यक पर्ने सामग्रीको जरुरी रहेकाले नगरपालिकाका तर्फबाट केही भए पनि सहयोग उपलब्ध गराइएको बताए।

    यस्तै वडा नम्बर १ देखि १५ सम्मका वडाका वडास्तरीय विपद स्वयमसेवकहरुलाई ४ समुहमा विभाजन गरी एक दिने तालिम पनि दिइएको छ। 

    सो तालिम असार ११ गते देखि १४ गते सम्म आयोजना हुँदैछ। तालिम पश्चात् उनीहरूलाई व्यक्तिगत सुरक्षाका सामाग्री पनि हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend