मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कागेश्वरी मनोहरामा ८ सय २ जना विद्यार्थीले लिए स्वास्थ्य सेवा

कागेश्वरी मनोहरामा ८ सय २ जना विद्यार्थीले लिए स्वास्थ्य सेवा

images
२०८२ आषाढ ९ गते, सोमवार
२०८२ आषाढ ९ गते, सोमवार
  • काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिकास्थित श्री आनन्द भैरव माध्यमिक विद्यालयमा आयोजित स्वास्थ्य शिविरमा ८०२ जना विद्यार्थीले स्वास्थ्य सेवा लिएका छन।

    images

    आइतबार आयोजित स्वास्थ्य शिविरमा विद्यालय स्वास्थ्य कार्यक्रम अन्तर्गत वडा नम्बर-७ मा अवस्थित विद्यालयका छात्रछात्राले स्वास्थ्य सेवा लिएका हुन् ।

    images

    सो संख्या मध्ये ७७५ जनाले ओपिडी सेवा, ७५८ जनाले दन्त सेवा, ७६१ जनाले आँखा जाँच सेवा र १८ जनाले मनोपरामर्श सेवा लिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

    स्वास्थ्य शिविरमा विद्यार्थीको स्वास्थ्य अवस्थाअनुसार औषधी पनि वितरण गरिएको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend