मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

वडा कार्यालयको पहलमा अति विपन्न ३० परिवारलाई निःशुल्क स्वास्थ्य बीमा

वडा कार्यालयको पहलमा अति विपन्न ३० परिवारलाई निःशुल्क स्वास्थ्य बीमा

images
२०८२ आषाढ ९ गते, सोमवार
२०८२ आषाढ ९ गते, सोमवार
  • कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० नम्बर वडा कार्यालयले अति विपन्न ३० परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ।

    images

    वडा कार्यालयले सामाजिक उत्तरदायित्व पूरा गर्दै आर्थिक अभावका कारण स्वास्थ्य सेवा पहुँचमा नरहेका अति विपन्न ३० परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिएको हो।

    images

    वडा अध्यक्ष लालबहादुर ऐरले अति विपन्न परिवारका लागि वडा कार्यालयले वार्षिक १ लाख ५ हजार बराबरको बीमा प्रिमियम तिरिदिएको जानकारी दिए।

    “आर्थिक अवस्था कमजोर भएका र बीमाको प्रिमियम तिर्न नसक्ने नागरिकलाई प्राथमिकतामा राखेर बीमामा आबद्ध गराएका हौं, प्रत्येक परिवारलाई ३५ सयका दरले पाँच सदस्यको बीमा गरेका हौं।” वडा अध्यक्ष ऐरले भने।

    विपन्न परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराएपछि स्वास्थ्योपचार खर्चमा हुने आर्थिक भार घट्ने, स्वास्थ्य सेवा पहुँचमा रहेका असमानता हट्ने, गरिब तथा जोखिममा परेका समूहलाई विशेष सुरक्षा प्रदान हुने उनले  जानकारी दिए।

    वडा कार्यालयका कर्मचारी केशव जोशीले एक व्यक्तिको प्रिमियममा पाँच सदस्यसम्मले स्वास्थ्य सेवा लिन सक्ने जानकारी दिए।

    स्वास्थ्य बीमाको ब्यवस्था अनुसार दीर्घरोग, सुत्केरी सेवा, आकस्मिक सेवालगायत उपचार हुने कार्यसँगै वार्षिक ३५ सयमा पाँच सदस्य परिवारसम्म र त्यसपछि प्रतिसदस्य ७ सय अतिरिक्तमा स्वास्थ्य बीमा उपलब्ध गराउने व्यवस्था छ।

    ७० वर्षमाथि, अति गरिब, अशक्त, अपाङ्गता भएकाहरूले प्रिमियममा पूर्ण छुट पाउँछन्। यसअघि वडा कार्यालयले आव २०७९/८० मा ४० अति विपन्न परिवारको बीमा गराएको थियो।

    वडा कार्यालयको यो पहल कदमीले विपन्न नागरिकमा सरकारी सेवाको पहुँच महसुस गराएको स्थानीय बताउँछन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend