मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भक्तपुरको दधिकोट प्राथमिक स्वास्थ्य केन्द्र आधारभूत अस्पतालमा रुपान्तरण हुने

भक्तपुरको दधिकोट प्राथमिक स्वास्थ्य केन्द्र आधारभूत अस्पतालमा रुपान्तरण हुने

images
२०८२ आषाढ ७ गते, शनिवार
२०८२ आषाढ ७ गते, शनिवार
  • भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका–४, दधिकोट गाम्चामा रहेको 'प्राथमिक स्वास्थ्य केन्द्र' स्तरोन्नति हुने भएको छ। सो अस्पताल नगरपालिकाको आधारभूत अस्पतालको रूपमा रुपान्तरण हुने भएको हो।

    images

    बागमती प्रदेश सरकारबाट नयाँ भवन निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएपछि सो अस्पताल रुपान्तरण हुने पक्का भएको हो।

    images

    भक्तपुरबाट बागमती प्रदेश सभामा निर्वाचित तथा प्रदेशका हालका स्वास्थ्य मन्त्री किरण थापाले गत पौषमा स्वास्थ्य केन्द्रको निरीक्षणका क्रममा अस्पताललाई  'आधारभूत अस्पताल´' मा रुपान्तरण गर्ने बताएका थिए।

    स्वास्थ्य सेवाको पहुँच, विस्तार र नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यका साथ अस्पताललाई स्तरोन्नति गर्न वजेट व्यवस्थापन गरिएकोमा स्थानीय खुसी देखिएका छन।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend