मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बालेनले आफ्नै निर्णय उल्टाए, जिम्मेवारी खोसेका वडा अध्यक्षलाई पुरानै जिम्मेवारी

बालेनले आफ्नै निर्णय उल्टाए, जिम्मेवारी खोसेका वडा अध्यक्षलाई पुरानै जिम्मेवारी

images
२०८२ आषाढ ५ गते, बिहिवार
२०८२ आषाढ ५ गते, बिहिवार
  • काठमाडौं। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह `बालेन´ ले आफैँले गरेको निर्णयबाट पछि हट्दै निर्णय उल्टाएका छन।

    images

    बालेनले गत जेठ १ गते काठमाडौं महानगरपालिकाका सूचना प्रविधि समिति संयोजक, सुशासन समिति संयोजक,सम्पदा तथा पर्यटन समिति संयोजक र विधायन समितिका संयोजकको जिम्मेवारी हेरफेर गरेका थिए। 

    images

    त्यसबखत बालेनले सूचना प्रविधि समिति संयोजकबाट वडा नम्बर १७ का वडा अध्यक्ष नवीन मानन्धरलाई हटाएर काठमाडौँ– ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिलाई जिम्मेवारी दिएका थिए। यस्तै सुशासन समिति संयोजकबाट काठमाडौँ– २६ का वडाध्यक्ष ख्यामराज तिवारीलाई हटाएर वडा नम्बर–३० का अध्यक्ष दलबहादुर कार्कीलाई संयोजक तोकेका थिए।

    यसैगरी सम्पदा तथा पर्यटन समिति संयोजकबाट काठमाडौँ– ८ का वडाध्यक्ष आशामान संगतलाई हटाएर वडा नम्बर–२४ का अध्यक्ष विनोदकुमार राजभण्डारीलाई जिम्मेवारी दिइएको थियो।

    बालेनले १६ वडाकी वडा अध्यक्ष रोजिना श्रेष्ठलाई विधायन समितिको संयोजक दिएका थिए। उनले भने जिम्मेवारी सम्हाल्दै आएकी छिन।

    बिहीबार बालेनले तीन वडा अध्यक्षबाट खोसिएको जिम्मेवारीको निर्णय सच्याउँदै पहिले जिम्मेवारीमा रहेका तीनै जना वडा अध्यक्षहरुलाई पुरानै जिम्मेवारी दिएका हुन।

    एक वडा अध्यक्षले भने, `मेयर साबले दिनुभएको जिम्मेवारी लिन उहाँले तोकेका वडाध्यक्षहरु तयार हुनुभएन, त्यसपछि मेयर साबले निर्णय सच्याउनु भएको हो।´ 

    आदेश नमानेका कारण मेयर साहले आफूहरूलाई हटाएको भन्दै वडाध्यक्षहरू आशाराम संगत, मचाराजा महर्जन, ख्यामराज तिवारी र नवीन मानन्धरले विरोध गरेका थिए। उनीहरूले कार्यपालिकाको निर्णय विना आफू खुशी निर्णय नगर्न मेयर साहलाई चेतावनी समेत दिएका थिए।

    बालेनले नयाँ जिम्मेवारी दिएका वडा अध्यक्षहरुलेसमेत संयुक्त हस्ताक्षर गर्दै कार्यपालिकाले जिम्मेवारी अनुमोदन नगरेको भन्दै मेयर बालेनलाई पत्र पठाएर पद अस्वीकार गरेका थिए।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend