काठमाडौं। पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–नारायणगढ सड्क खण्डमा सुख्खा पहिरो खसेपछि सडक दुईतर्फी नै बन्द भएको छ।
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको राजमार्ग सुरक्षा तथा व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले जानकारी दिए।
सुवेदीका अनुसार अहिले स्काभेटर प्रयोग गरेर राजमार्गमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ। सडक अबरुद्ध भएपछि चितवनबाट काठमाडौं आउदै गरेका र काठमाडौबाट चितवनतर्फ जाँदै गरेका यात्रु अलपत्र परेका छन।



