मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

दाँत कसरी माझ्ने?

दाँत कसरी माझ्ने?

images
२०८२ आषाढ २ गते, सोमवार
२०८२ आषाढ २ गते, सोमवार
  • काठमाडौं। धेरैलाई थाहा नहुनसक्छ शरीरको अन्य भागमा हुने समस्याका कारण मुखमा समस्या आउन सक्छ। साधारणतया खानपानमा ख्याल नराख्दा पनि मुखको समस्याहरु देखिने गर्छ। हिजोआज चाँही धेरैजसो समस्या हाइजिन मेनटेन गरे पनि देखिन्छ। ९५ प्रतिशत मानिसहरुलाई कसरी ब्रस गर्ने, टाइमिङ कसरी मिलाउने? ब्रस मात्र गरेर पुग्छ कि अरु पनि केही गर्नुपर्ने हो भनेर थाहा नै छैन। जसका कारण ब्रस गरे पनि दाँत सफा भइरहेको हुँदैन।

    images

    मुख स्वास्थ्यमा धेरै किसिमका रोगहरु देखा पर्छन। गिजा सम्बन्धी रोग पनि धेरैलाई हुन्छ। गिजा सम्बन्धी रोगमा गिजाबाट रगत आउने, सास गनाउने, गिजा तल सर्दै जाने, गिजा पाक्ने समस्या देखिन्छ। त्यसैगरी दाँतको रोगमा दाँतमा किरा लाग्ने, दुख्ने वा सुनिने, चुरोटरक्सी खाएपछि क्यान्सरहरु हुने जस्ता समस्याहरु देखिन्छन्।

    images

    सास गनाउने मुख्य कारण भनेको नै फोहोर भएर हो। हामीले निरन्तर दाँत सफा गरेतापनि उचित तरिकाले सफा नगरेका कारण मुखमा फोहोर बसिराखेको हुन्छ। त्यही बसिराखेको फोहोरको कारणले नै सास गनाउने समस्या देखिन्छ। त्यसैगरी अर्को समस्या पनि हुनेगर्छ, त्यो भनेको पेटको समस्या हो।

    पेटको समस्याले पनि सास गनाउने समस्या हुन्छ। त्यसमध्ये मुख्य कारण भनेको दाँत र गिजा फोहोर हुनु हो। यस्तो समस्याले अन्य रोगहरुलाई पनि असर गर्छ। शरीरमा अन्य समस्याहरु निम्त्याउन ९० प्रतिशत ब्याक्टेरिया मुखबाट नै उत्पन्न हुनसक्छ। जसका कारण मुटु सम्बन्धी वा मधुमेहका समस्याहरु आउने गर्छन्। धेरैजसो किटाणु हाम्रो मुखमा नै हुन्छ। मुखको स्वास्थ्यलाई सन्तुलन गरिएन भने शरीरमा फैलिदैँ जान्छ।

    दाँत सफा गर्दा सबैभन्दा पहिला ब्रसको कुरा आउँछ। टुथपेस्ट भन्दापनि हामीले ब्रस कस्तो छनोट गर्ने भन्ने कुरा आउँछ। त्यसपछि मात्र पेस्ट कस्तो प्रयोग गर्ने भन्ने कुरा आउँछ। कति पटक ब्रस गर्ने, ब्रस मात्र गर्ने कि अन्य सामान पनि प्रयोग गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ।

    ब्रस खरिद गर्दा सफ्ट र मिडियम लिनुपर्छ। हार्ड खालको प्रयोग गर्नु हुँदैन। हार्ड ब्रस प्रयोग गर्ने हो भने दाँत खिइने, गिजा तल सर्ने समस्या आउँछ। केही खाँदा सिरिङ् हुने खालको समस्या आउँछ। ब्रस गर्ने तरिका भनेको जहिले पनि एउटा पार्टबाट राउन्ड मोसनमा अर्को पार्टसम्म जानुपर्छ। दुई मिनेटभन्दा बढि ब्रस गर्नु हुँदैन। बढी ब्रस गर्दा दाँत खिइनसक्छ।

    पेस्टको जहिले पनि फ्लोराइड भएको पेस्ट प्रयोग गर्नुपर्छ। फ्लोराइडले दाँतको माथिल्लो पार्टमा सुरक्षात्मक लेयर बनाउँछ। त्यसो हुँदा खाना खाँदा बन्ने एसिडले दाँतमा प्रभाव पार्न सक्दैँन् र दाँत किरा लाग्नबाट बच्छ। ब्रस साथै डेन्टल फ्लोस पनि प्रयोग गर्दा राम्रो हुन्छ। यसले दुईवटा दाँतको बीचमा खाना फस्यो र ब्रस गर्दा पनि गएन भने त्यसलाई सफा गर्नका लागि फ्लोस दैनिक प्रयोग गर्नु राम्रो हुन्छ।

    फ्लोस र इन्टरडेन्टल क्लिनर ब्रस पनि हुन्छ। दाँत मज्जाले टाँसिएको छ भने फ्लोस प्रयोग गर्न मिल्छ। कसैको दाँतको बीचमा ग्याप छ भने त्यस्तो मान्छेले इन्टरडेन्टल क्लिनर ब्रस प्रयोग गर्नुपर्छ। त्यसलाई दैनिक प्रयोग गर्न सकिन्छ।

    बच्चाहरुलाई गुलियोबाट टाँढा गर्न सक्दैनौ। अब गुलियो खानेकुराका बारेमा कुरा गर्दा बच्चाहरुलाई के सिकाउन पर्यो भने केही कुरा खाइसकेपछि कुल्ला गर्नुपर्छ भन्ने सिकाउनुपर्छ। गुलियो खाने बित्तिकै निरन्तर कुल्ला गर्यो भने मुखमा भएका गुलियो कुराहरु निस्किन्छ। दाँतमा किरा लाग्ने भनेको गुलिया खानेकुराले नै हो। दाँतमा टाँसिने किसिमका गुलियो खानेकुरा घातक हुन्छन्। बच्चाहरुको दाँत साना साना हुने भएकाले छिटो असर पुर्याउँछ।

    बच्चाहरुको अर्को समस्या भनेको ठूलो दाँत आउनु पनि हो। स्पेश नपुगेको कारण दाँत बाङ्गो पनि आउनसक्छ। अर्को कुरा समय भन्दा पहिला नै दाँत निकालिदियो भने दाँतहरु ढल्केर आउने हुन्छ। जुन दाँत आफ्नो ठाँउमा आउने हो त्यो ठाँउमा आउँदैन। अनि अर्को ठाँउमा आउँदा बाङ्गोटिंङ्गो आउँछ। बाँचुन्जेललाई चाहीं भन्न सकिदैन। किनभने उमेर बढ्दै गएपछि दाँतको हड्डिले सर्पोट गरेको ह्ुन्छ त्यसले पनि साथ छोड्छ। त्यसलाई बचाउनका लागि गिजामा चाँहि ध्यान दिन आवश्यक छ। बर्षमा दुई पटक हामीले दाँत सफा गराउने गर्नुपर्छ। ब्रस राम्रोगरि गर्ने र खानपानमा ध्यान दिने गर्नुपर्छ।

    विदेशको तुलनामा नेपालको स्वास्थ्य उपचार सेवा सस्तो छ। नीजि क्षेत्रमा हेर्दा सबै एड्भान्स टेक्नोलोजी नै छ। तर सरकारी क्षेत्रमा पर्याप्त छैन। डाक्टरहरु पनि धेरै छैनन। मुखको स्वास्थ्यका बारेमा सरकार नै गम्भीर छैन। सरकारले बजेट नै छुट्टयाएको हुँदैन। प्राथमिकता नदिएको हो की बजेट नै नपुगेको हो थाहा छैन। नेपालमा गिजा सम्बन्धि रोग ९९.९ प्रतिशत मानिसमा नै छ।

    हामी सबैजना गिजाको समस्याबाट जुधिरहेका छौं। समस्या थाहा नपाएको मात्र हो। सुरुको लक्षणहरु भनेको गिजाबाट रगत आउनु हो। दाँत पहेंलो भएको, फोहोर जमेको, कालो दाग बसेको, गिजा सुन्निएको जस्तो देखिन्छ। सास गनाउँने सुरुको लक्षण हो।

    नेपालीहरु पहिलाको तुलनामा अहिले धेरै सजक छन। तर जति हुनुपर्ने हो त्यति अहिले पनि सचेत छैनन। मुखबाट नै धेरै रोगहरुको सुरुवात हुन्छ। त्यसकारण मुखको स्वास्थ्यलाई त्यतिकै नजरअन्दाज गर्न हुँदैन। वर्षको दुई पटक दाँत सफा गर्ने र चेकअप गराउनुपर्छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend