काठमाडौं। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालले मोतियाबिन्दुको शल्यक्रिया सेवा औपचारिक रूपमा सुरु गरेको छ।
शनिबार नगरप्रमुख उपेन्द्र कार्कीले एक कार्यक्रमका बीच सो सेवाको उद्घाटन गरेका हुन। अस्पतालले स्थानीय बासिन्दालाई लक्षित गरी मोतियाबिन्दु शल्यक्रिया सेवा सुरु गरेको जानकारी दिइएको छ।
सो सेवाको उद्घाटन गर्दै नगरप्रमुख कार्कीले नगर अस्पताललाई आधुनिक स्वास्थ्य सेवाको केन्द्रका रूपमा विकास गर्दै लैजाने योजना रहेको बताए। उनले मोतियाबिन्दु शल्यक्रिया जस्ता सेवा विस्तारले नगरवासीको जीवनस्तर सुधारमा योगदान पुग्ने विश्वासमेत व्यक्त गरे।
`स्वास्थ्य सेवाको दिशामा अर्को महत्वपूर्ण कदम, अब हाम्रो नगरअस्पतालमा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया उपलब्ध भएको जानकारी गराउँदा हामी अत्यन्तै उत्साहित छौं। यो कदम आम नागरिकहरूको आँखाको उपचार घरनजिकै पुर्याउने दिशामा एक महत्वपूर्ण उपलब्धि हो। नगरपालिकाले भनेको छ।
नगर अस्पतालले यसअघि विभिन्न ओपीडी सेवा, २४ सै घण्टा आकस्मिक सेवा, प्रसूति सेवा, खोप र पोषण परामर्श सेवा लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको थियो।




