मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राप्ती प्रादेशिक अस्पतालमा एक वर्षदेखि पाँच वटा डायलासिस मेसिन बिग्रिएर थन्कियो

राप्ती प्रादेशिक अस्पतालमा एक वर्षदेखि पाँच वटा डायलासिस मेसिन बिग्रिएर थन्कियो

images
२०८२ जेठ ३१ गते, शनिवार
२०८२ जेठ ३१ गते, शनिवार
  • तुलसीपुर। दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा एक वर्षभन्दा बढी समयदेखि बिग्रिएको डायलासिस मेसिन अझै बन्न सकेको छैन।

    images

    अस्पतालमा रहेका १४ वटा मेसिनमध्ये हाल पाँच वटा मेसिन बिग्रिएर थन्किएको छ। जसको मर्मत नहुँदा बिरामीले उपचारमा हैरानी भोग्दै आइरहेका छन।

    images

    अस्पतालमा हाल नौ वटा मेसिन भने चालु अवस्थामा रहेको अस्पतालका डायलासिस शाखा प्रमुख लिना बडेलले जानकारी दिइन। मर्मत गर्नका लागि काठमाडौँबाट इञ्जिनियर नै आउनुपर्ने भए पनि इञ्जिनियर न आउँदा समस्या भएको उनको भनाइ छ।

    ‘इञ्जिनियरहरूलाई बोलाएको हो’, उनले भनिन्, ‘तर पुराना डिजाइनका भएर होला, उहाँहरू आउनु मान्नुभएको छैन।’ बडेलले भनिन।

    एक वर्षभन्दा बढी समयदेखि मेसिन बिग्रेकाले दाङ तुलसीपुरका बिरामीहरू घोराही, लमही, बुटवलसम्म जानू पर्ने बध्यता छ।

    हाल संचालनमा रहेको मेसिनबाट नियमित ७२ जनाले सेवा लिइरहेका छन्। अस्पतालमा डायलासिसका लागि दाङसहित सल्यान, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, प्यूठानलगायतका ठाउँबाट बिरामी आउने गरेका छन्।

    मेसिन मर्मत भए तुलसीपुरका स्थानीयलाई अन्यत्र जानू परे बाध्यता हट्नेछ भने अन्य स्थानबाट आउने बिरामीहरुले पनि राहत पाउने छन।

     

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend