मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बागलुङ जिप दुर्घटना : चारको मृत्यु, घाइतेको पाल्पा र पोखरामा उपचार हुँदै

बागलुङ जिप दुर्घटना : चारको मृत्यु, घाइतेको पाल्पा र पोखरामा उपचार हुँदै

images
२०८२ जेठ ३१ गते, शनिवार
२०८२ जेठ ३१ गते, शनिवार
  • बागलुङ। बागलुङको ढोरपाटनमा शुक्रबार साँझ भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ।

    images

    बागलुङको ढोरपाटन नगरपालिका–५, अस्तु बतासेडाँडामा शुक्रबार साँझ बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौर जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको जिप दुर्घटना भएको थियो।

    images

    दुर्घटनामा परेर ढोरपाटन नगरपालिका–२ की ७० नरबहादुर कार्की र सोही ठाउँकी ७५ वर्षीया भीमकुमारी बुढाको घटनास्थलमै मृत्यु भएको थियो।

    यस्तै गम्भीर घाइते सोही स्थानकी २१ वर्षीया टीकाकुमारी कुँवरको बुर्तिबाङ प्रादेशिक अस्तालमा सामान्य उपचारपछि पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। यसैगरी सोही वडाकी ७५ वर्षीया मनकुमारी थापाको पोखरास्थित मणिपाल अस्पतालमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतले जानकारी दिए।

    दुर्घटनामा जिप चालक बागलुङ ढोरपाटन नगरपालिका–२ का २७ वर्षीय गोविन्द थापा, सोही ठाउँकी १८ वर्षीया लुम्बिनी महत, २३ वर्षीया इन्द्रा कुँवर, २९ वर्षीया निरमाया खत्री, ३८ वर्षीया देवी परियार, ५३ वर्षीया दुर्गी दर्जी, १२ वर्षीया अञ्जु परियार, ८ वर्षीय वियानो बुढा मगर, ५ वर्षीय विनय बुढा, ढोरपाटन नगरपालिका–५ की ३५ वर्षीया डल्ली विक, ढोरपाटन–१ का ११ वर्षीय शिशिर कार्की र ढोरपाटन–५ की ३० वर्षीया टनमाया कुँवर घाइते भएका छन्।

    घाइतेहरुको मणिपाल अस्पताल पोखरा र मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ। जिप सडकदेखि करिब ६० मिटर तल खसेको प्रहरीले जनाएको छ। गाडीमा १६ जना सवार थिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend