मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बाढीले डाइभर्सन बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

बाढीले डाइभर्सन बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

images
२०८२ जेठ २९ गते, बिहिवार
२०८२ जेठ २९ गते, बिहिवार
  • नवलपुर। बाढीले डाइभर्सन बगाएपछि नवलपरासी पूर्व अन्तर्गतको राजमार्ग अवरुद्ध भएको छ। 

    images

    दुम्किवासस्थित बिनयी खोलामा आएको बाढीले डाईभर्सन बगाएपछि बिहीबार बिहानबाट पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता मधु नेपालले जानकारी दिए।

    images

    सो सडक खण्डमा विनयी खोलाको पुल भाँचिएपछि विगत पाँच महिनादेिख डाइभर्सन बनाएर यातायात संचालन हुँदै आइरहेको थियो। सो डाइभर्सन नै खोलामा आएको बाढीले बगाएको हो।

    यसअघिसमेत सो खोलामा बाढीले पटकपटक डाइभर्सन बगाउँदै आएको थियो। बगाएको ठाउँमा डाईभर्सन पुनः बनाउने प्रयास भइरहेको प्रहरीले बताएको छ। 

    अहिले यात्रु बाहक सवारी र हल्का सवारी साधन होङ्सी गेटबाट सर्दी हुँदै सञ्चालन भए पनि ठूला र मालबाहक सवारी साधन भने संचालन गर्न सकिएको छैन।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend