मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सूर्यविनायक–८ मा वडागत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

सूर्यविनायक–८ मा वडागत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

images
२०८२ जेठ २८ गते, बुधवार
२०८२ जेठ २८ गते, बुधवार
  • भक्तपुर। सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा वडागत सार्वजनिक सुनुवाई कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

    images

    राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना र सूर्यविनायक नागरपालिकाको समन्वयमा सम्पन्न कार्यक्रममा वडाबासी, जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय तथा पत्रकारहरुको उल्लेख्य उपस्थिती थियो। कार्यक्रम डोलेश्वर मन्दिर परिसरमा आयोजना भएको थियो।

    images

    कार्यक्रममा वडा अध्यक्ष पुष्पराज बस्नेतले वडाले गरेका विकास निर्माणका कामहरु बारे जानकारी गराएका थिए।

    बस्नेतले वडामा हाल ७० करोड बराबरको विकास निर्माणका काम भइरहेको तथ्य सुनाएका थिए। वडा अध्यक्ष बस्नेतले वडाले प्रवाह गर्दै आएका सेवा, राजश्व व्यवस्थापन र पछिल्लो वर्षमा सम्पन्न विकास निर्माणबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए।

    धार्मिक, सांस्कृतिक र कृषि सम्भावनायुक्त डोलेश्वरधाम क्षेत्र समेटिएको सूर्यविनायक–८ लाई शान्त, हरियाली र ऐतिहासिक वडा बनाउने लक्ष्यसहित वडाले अघि सारेका योजना र कार्यान्वयनको प्रगति पनि कार्यक्रममा छलफलको विषय बनेको थियो।

    सार्वजनिक सुनुवाई कार्यक्रममा वडा सदस्यहरू विश्वराम त्वयनावासु, विक्रम तामाङ, सावित्री मिश्र, सदस्य अन्जना नेपाली तथा वडा सचिव प्रतिभा लामिछाने लगायतको उपस्थिति थियो।

    कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ वडा अध्यक्ष बस्नेत र सूर्यविनायक नगरपालिकाका इञ्जिनियर जनक न्यौपानेले दिएका थिए।

    आयोजक संस्था राष्ट्रिय सञ्चार केन्द्रका उपाध्यक्ष पुष्करराज बुढाथोकीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन केन्द्रका सचिव हेमराज ढकालले गरेका थिए।

    त्यसैगरी कार्यक्रमको प्रारम्भमा सार्वजनिक सुनुवाईको औचित्य, प्रक्रिया र अपेक्षित परिणामबारे पत्रकार दिवस गुरागाईंले मन्तब्य राखेका थिए।

    राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको समापन गर्दै अध्यक्ष आचार्यले वडालाई लिखित रुपमा सुझाव तथा सल्लाह हस्तान्तरण गरेका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend