मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राप्ती नगरपालिकाले डाक्टर तथा एम्बुलेन्स चालक सहित ७२ जनालाई कामबाट हटायो

राप्ती नगरपालिकाले डाक्टर तथा एम्बुलेन्स चालक सहित ७२ जनालाई कामबाट हटायो

images
२०८२ जेठ २६ गते, सोमवार
२०८२ जेठ २६ गते, सोमवार
  • चितवन। चितवनको राप्ती नगरपालिकाले डाक्टर, एम्बुलेन्स चालक र इन्जिनियरसहित ७२ जना दैनिक ज्यालादारी कर्मचारीलाई हटाएको छ।

    images

    आन्तरिक स्रोतको अभाव र अख्तियारको चासोका कारण  भन्दै राप्ती नगरपालिकाले दैनिक ज्यालादारीमा राखिएका चिकित्सकसहितका कर्मचारीलाई जिम्मेवारीबाट हटाएको हो। 

    images

    यसरी हटाइनेमा भन्डारा अस्पतालमा कार्यरत तीन जना डाक्टर, दुई दर्जनभन्दा बढी स्वास्थ्यकर्मी, ल्याब टेक्निसियन, इन्जिनियर, वडा कार्यालयका सहयोगी, चालक, मालीलगायत छन।

    उनीहरूलाई नगरपालिकाले सूचना जारी गर्दै आज सोमबारदेखि नै लागू हुनेगरी कार्यालय नआउन र हाजिरी नगराउन निर्देशन दिएको छ।

    नगरपालिकाका पशुपन्छी विकास शाखाका प्रमुख शैलेन्द्र भण्डारीद्वारा जारी सूचनामा आन्तरिक आम्दानीको सुनिश्चितता नभएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत प्रश्न उठाएकाले बाध्य भएर कर्मचारी हटाउनु परेको उल्लेख छ।

    ज्यालादारी कर्मचारी हटाउने निर्णय नगरपालिकाको १४औँ नगरसभाबाट गठित सहजीकरण समितिले गत जेठ १९ गते नै गरेको थियो।

    नगरपालिकाका प्रमुख शम्शेर लामाले दैनिक ज्यालादारी कर्मचारीलाई करारमा लैजान कार्यपालिकाबाट ‘ओएनएम’ गरेको भए पनि परिषद् बस्न नसक्दा थप निर्णय गरेर काममा निरन्तरता दिन नसकिएको बताए।

    `गत आर्थिक वर्षदेखि अहिलेसम्म परिषद् बस्न सकेको छैन। उनीहरूको करार अवधिको म्याद चैतसम्म रहेकोमा थप निर्णय हुन नसकेपछि हटाउनै पर्ने अवस्था आएको हो।´ नगर प्रमुख लामाले भने।

    नगरपालिकाको सो निर्णयसँगै नगरका स्वास्थ्य संस्था, शाखा, उपशाखा, वडा कार्यालय र कृषि तथा पशु सेवा केन्द्रको सेवा प्रभावित हुने देखिएको छ। 

    नगरपालिकाले दैनिक मिर्गौला, मुटु र क्यान्सरका बिरामीलाई अस्पताल लैजाने गरेकामा सो कार्यसमेत प्रभावित हुने अवस्था आएको नगर प्रमुख लामाले जानकारी दिए। उनले करार नवीकरण नभए स्थानीय मारमा पर्ने अवस्थ हुँदाहुँदै पनि कर्मचारी हटाउनु पर्ने बाध्यता देखिएको प्रष्ट पारे।

    सहजीकरण समितिको संयोजकमा नगरप्रमुख लामा आफैं छन् भने उपप्रमुख देवेन्द्र लामा, वडा नं. २ का अध्यक्ष श्यामसुन्दर उप्रेती, वडा नं. ५ का अध्यक्ष सीताराम तामाङ, वडा नं. ७ की अध्यक्ष सुमिता डल्लाकोटी र वडा नं. १२ का वडाध्यक्ष अर्जुन प्रजा सदस्य छन्। कर्मचारी हटाउने सुचना आइतबार (हिजो) प्रकाशित गरिएको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend