मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मोरङमा प्रधानमन्त्रीद्वारा जीवन विकास सामुुदायिक अस्पताल उद्घाटन

मोरङमा प्रधानमन्त्रीद्वारा जीवन विकास सामुुदायिक अस्पताल उद्घाटन

पैसा नभएकै कारण उपचार नपाउने अवस्थाको अन्त्य हुनुुपर्छ : प्रधानमन्त्री

images
२०८२ जेठ २४ गते, शनिवार
२०८२ जेठ २४ गते, शनिवार
  • मोरङ। प्रधानमन्त्री केपी शर्मा ओलीले पैसा तिर्न नसकेकै कारण अस्पतालमा पुगेका बिरामी उपचार नपाइ फर्कनुुपर्ने अवस्थाको अन्त्य हुनुुपर्ने बताएका छन।

    images

    मोरङको कटहरी गाउँपालिका–२ स्थित जीवन विकास सामुुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशनको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक भावबाट सञ्चालित अस्पतालको विकासका लागि सरकारको साथ हुने विश्वास पनि व्यक्त गरे।

    images

    “जीवन विकास सामुुदायिक अस्पतालले पैसा नभएकै कारण उपचार नपाउने अवस्था हुन नदिने अठोट व्यक्त गरेको थाहा पाउँदा मलाई खुसी लागेको छ। दुनियाँमा कमै मात्र यस्ता अस्पताल हुन्छन्।’’, प्रधानमन्त्री ओलीले भने, “दुुई सय श्यैयाबाट तीन सय श्यैयामा अस्पताललाई स्तरोन्नतिसहित मेडिकल कलेज सञ्चालन गर्ने जीवन विकास समाजको योजना पूरा हुन सकोस्। सरकार आवश्यक सहयोग गर्न तयार छ।’’

    सो अस्पतालका अध्यक्ष एवं मोरङ–५ का सङ्घीय सांसद योगेन्द्र मण्डलको नेतृत्वमा सृजनशील, सहकारिता र एकताबद्ध प्रयासको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले उद्यमशीलता र रोजगारीवृद्धिका लागि जनप्रतिनिधिले भाषणभन्दा यस्तै काम गर्नुपर्नेमा जोड दिए।

    उनले प्रतिफल राम्रो नहुने र तिर्न नसक्ने ऋण नलिई यस्तै अनुकरणीय काम गर्न अन्य जनप्रतिनिधि र पार्टीका नेताहरुलाई पनि आग्रह गरे।

    नेपालको पूर्वी क्षेत्रका विपन्न वर्गलाई सुलभ र गुणस्तरीय स्वास्थ सेवाको पहुँच पुर्याउने उद्देश्यले सामाजिक व्यवसायको भावनाबमोजिम सो अस्पताल स्थापना भएको हो। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend