काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिकाले विद्यालय स्वास्थ्य कार्यक्रम अन्तर्गत निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको नि:शुल्क स्वास्थ्य परिक्षण सम्पन्न गरेको छ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ स्थित मिनिल्याण्ड सेकेण्डरी स्कुलमा विद्यार्थीहरुको नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरिएको हो।
जेठ २१, २२ र २३ गते गरी तीन दिन आयोजना गरिएको स्वास्थ्य शिविरमा ११ सय २३ जना विद्यार्थीले स्वास्थ्य परीक्षण गराएका छन।
सो नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले नगरपालिकाले सामुदायिक विद्यालयमा मात्र नभएर निजी स्कूलका बालबालिकाको पनि स्वास्थ्य परिक्षण गर्नु पर्ने बताए।
उनले सोही अवधारणा सहित निजी विद्यालयमा पनि स्कुल हेल्थ प्रोग्राम सन्चालनमा ल्याइएको जानकारी दिए।






