मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बुटवलमा दर्ता नगरी चलाइएका ६ वटा मेडिकलमा ताला

बुटवलमा दर्ता नगरी चलाइएका ६ वटा मेडिकलमा ताला

images
२०८२ जेठ २३ गते, शुक्रवार
२०८२ जेठ २३ गते, शुक्रवार
  • बुटवल। बुटवलमा दर्ता नै नगरी चलाइएका ६ वटा मेडिकल क्लिनिक बन्द गराइएको छ।

    images

    बिहीबार अनुगमनमा पुगेको जिल्ला प्रसाशन कार्यालयको टोलीले दर्ता बिनानै संचालन हुँदै आएका मेडिकल क्लिनिकहरुमा अनुगमनपछि ताला बन्द गराएको हो। ११ वटा मेडिकलको अनुगमन गर्दा ६ वटा बिना दर्ता अवैध रुपमा संचालन हुँदै आएको पाइएको थियो

    images

    रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले ११ वटा मेडिकलको अनुगमन गर्दा ६ वटा दर्ता बिना नै संचालन हुँदै आएको भेटिएपछि ताला लगाइएको जानकारी दिए।

    जिल्ला प्रसाशन कार्यालयको अनुगमन टोलीले ताला लगाएका मेडिकलहरुमा रुचिका क्लिनिक, मंगलम स्वास्थ्य क्लिनिक, पुनम मेडिकल एण्ड क्लिनिक, चन्दन स्वास्थ्य क्लिनिक एण्ड फार्मेसीको कलेक्स प्रयोगशाला, वरदान क्लिनिक प्रालि र शिला मेडिकल हल छन।

    अनुगमनका क्रममा अधिकांश मेडिकलहरूले क्लिनिकहरू सञ्चालन गरेका तर दर्ता नै नगरेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी रानाले जानकारी दिए।

    उनका अनुसार वरदान क्लिनिक बुटवलमा लामो समयदेखि  नि:सन्तान सम्बन्धि समस्याको उपचार गर्ने भन्दै दर्ता बिना नै संचालन हुँदै आइरहेको थियो। यस्तै अन्य मेडिकल तथा क्लिनिहरु पनि पुराना भएपछि  दर्ता विना  चलेको  भेटिएको हो।

    जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको अनुगमन स्वास्थ्य कार्यालय, बुटवल उपमहानगरपालिका, बुटवल उद्योग  वाणिज्य सङ्घ, उपभोक्ता हित संरक्षण मञ्च, प्रहरीको रोहबरमा गरिएको थियो। 

    सहायक प्रमुख जिल्ला अधिकारी रानाले बन्द गरिएका सबै क्लिनिक सञ्चालकहरूलाई दर्ताको प्रमाणपत्र लिएपछि मात्र सञ्चालनका लागि अनुमति दिइने बताए। यस्तै दर्ता बिना चलाइएका अन्य मेडिकलका हकमा कानुन अनुसार थप कारवाही अघि बढाइने उनको भनाइ छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend