मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

म्यान मकवानपुरको १४औं स्थापना दिवस, विद्यालयलाई वाटर प्यूरिफायर र खाद्यान्न सामग्री सहयोग

म्यान मकवानपुरको १४औं स्थापना दिवस, विद्यालयलाई वाटर प्यूरिफायर र खाद्यान्न सामग्री सहयोग

images
२०८२ जेठ २१ गते, बुधवार
२०८२ जेठ २१ गते, बुधवार
  • हेटौंडा। मोवाईल एशोसिएसन अफ नेपाल(म्यान) मकवानपुरले आफ्नो १४ औं स्थापना दिवसको अवसरमा एक विद्यालयलाई वाटर प्यूरिफायर र खाद्यान्न सामग्री सहयोग गरेको छ।

    images

    स्थापना दिवसका अवसरमा मंगलबार म्यान मकवानपुरले मकवानपुरगढी गाउँपालिका २ छाप स्थित कालिदेवी आधारभूत विद्यालयलाई खानेपानीका लागि वाटर प्यूरिफायर र दिवा खाजाको लागि खाद्यान्न हस्तान्तरण गरेको हो।

    images

    एशोसिएसनका अध्यक्ष हरिप्रसाद न्यौपानेको सामाजिक उत्तरदायित्व अन्तर्गत छापस्थित कालिदेवी आधारभूत विद्यालयलाई खानेपानीका लागि वाटर प्यूरिफायर र  खाजाका लागि खाद्यान्न सहयोग गरिएको बताए।

    सो वडाका वडाध्यक्ष बखानसिं पाख्रीनको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा नेपाल मोवाईल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष छतेन्द्र आचार्य, वडा सदस्य सुधारजीत गोले, विद्यालयका अध्यक्ष कृष्णबहादुर मोक्तान र विद्यालयका प्रधानाध्यापक केशवप्रसाद देवकोटाको विशेष आतिथ्यता रहेको थियो।

    कार्यक्रममा एशोसिएसनका सल्लाहकारद्धय कुमारमणि त्रिपाठी र विवेक आनन्द न्यौपाने,सुनिता केशरी लगायतको समेत सहभागिता थियो।

    कार्यक्रममा विद्यार्थीहरुलाई सफा र स्वच्छ पानी पिउनको लागि एक थान वाटर प्युरिफायर प्रदान गरिएको एशोसिएसनका अध्यक्ष न्यौपानेले बताए।

    त्यस्तै दिवा खाजामा थप हुने उद्देश्यले चिउरा, प्याज, आँटा, भुजा लगायतका खाद्यान्न सामग्री प्रदान गरिएको अध्यक्ष न्यौपानेले बताए। वाटर प्युरिफायरलाई एशोसिएसनका कार्यसमिति सदस्य पप्पु केशरीले सौजन्य गरेका हुन्।

    एशोसिएसनले दिवसकै अवसरमा शनिबार हेटौंडा १ भैरवडाँडा अवस्थित पाथिभरा मन्दिरलाई एक सेट डस्टिविन सहयोग गरेको थियो भने आइतबार रक्तदान कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा २१ जनाले रक्तदान गरेका थिए।

    यस्तै एशोसिएसनले सोमबार हेटौंडा अस्पतालका बिरामीहरुलाई समेत फलफूल वितरण गरेको थियो।

    यसैगरी जेठ १६ गते शुक्रबार देखी २५ गते सम्म संस्थाका आवद्धता शुल्कमा विशेष छुट रहेको एशोसिएसनका अध्यक्ष न्यौपानेले बताए। जसमा हेटौंडा उपमहानगरभित्रका व्यवसायीहरुलाई संस्था प्रवेश शुल्कमा ५० प्रतिशत छुट र अन्य स्थानीय तहका व्यवसायीहरुलाई शतप्रतिशत छुटको व्यवस्था रहेको अध्यक्ष न्यौपानेले जानकारी दिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend