मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पवन प्रकृति अंग्रेजी विद्यालयको अभिभावक अभिमुखिकरण, वार्षिक योजना प्रस्तुत

पवन प्रकृति अंग्रेजी विद्यालयको अभिभावक अभिमुखिकरण, वार्षिक योजना प्रस्तुत

images
२०८२ जेठ १६ गते, शुक्रवार
२०८२ जेठ १६ गते, शुक्रवार
  • ललितपुर। ललितपुरको महालक्ष्मी नगरपालिकामा रहेको पवन प्रकृति अंग्रेजी विद्यालयले अभिभावक लक्षित अभिमुखिकरण तथा वार्षिक योजना सम्बन्धि जानकारीमुलक कार्यक्रम आयोजना गरेको छ।

    images

    विद्यालयमा कक्षा ६ र ७ मा अध्ययनरत विद्यार्थीका अभिभावकलाई डाकेर विद्यालयले बिहीबार अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो।

    images

    सो कार्यक्रममा विद्यालयका विषयगत शिक्षकहरुले कक्षा कोठामा विद्यार्थीलाई पढाउँदा गरिने क्रियाकलापबारे जानकारी गराएका थिए। 

    कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक भुवन  घिमिरेले विद्यालयले शिक्षकहरुसँग विषयगत रुपमा काम गरिरहेको जानकारी गराए।

    उनले पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको पाठ्यक्रमको विधिलाई आत्मसाथ गर्दै विद्यालयले अध्ययन अध्यापन गराउँदै आइरहेको भन्दै विद्यार्थीले विद्यालयमा पढेका कुरामा अभिभावकले पनि चासो राख्दा ज्ञानको दायरा बढ्ने र विद्यार्थी थप लगनशील बन्ने बताए।

    सहायक प्रधानाध्यापक घिमिरेले विद्यालयमा स्मार्ट क्लास शुरु गरिएको बताउँदै सो किसिमको पढाई पुरानो विधी भन्दा फरक र धेरै मेहनत गर्नु पर्ने विधि भएको बताए।

    उनले `प्रोजेक्ट वेस लर्निङ´ तालिम प्राप्त शिक्षकबाट विद्यालयले विद्यार्थीलाई अध्ययन गराउने गरेको बताउँदै सो किसिमको अध्यापन शैलीले विद्यार्थीलाई थप जिम्मेवार बनाउने बताए। यस्तै सो विधिले समाजमा के भैरहेको छ भन्ने समेत विद्यार्थीले जानकारी प्राप्त गर्ने उल्लेख गरे।

    `हामीले पीबीएल र अतिरिक्त शैक्षिक क्रियाकलाप मार्फत  विद्यार्थीलाई शैक्षिक गतिविधिमा सहभागी गराउँदै आएका छौं।´ घिमिरेले भने।

    उनले कतिपय अवस्थामा विद्यार्थीले उपलब्धि हासिल गर्न नसकेको हुन सक्ने बताउँदै त्यसमा अभिभावकहरुको पनि भुमिका महत्त्वपूर्ण हुने बताए। त्यसका लागि विद्यार्थीको भावना बुझेर अभिभावकले सहजीकरण गर्नु पर्ने घिमिरेले सुझाए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend