मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भरतपुर क्यान्सर अस्पतालमा शुरु भयो रक्त क्यान्सरको प्रकार पत्ता लगाउने ‘फ्लोसाइटोमेट्री’ परीक्षण

भरतपुर क्यान्सर अस्पतालमा शुरु भयो रक्त क्यान्सरको प्रकार पत्ता लगाउने ‘फ्लोसाइटोमेट्री’ परीक्षण

images
२०८२ जेठ १३ गते, मंगलवार
२०८२ जेठ १३ गते, मंगलवार
  • चितवन। भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘फ्लोसाइटोमेट्री’ परीक्षण शुरु भएको छ।

    images

    सो परिक्षण रक्त क्यान्सरको ‘भेरियन्ट’ (प्रकार) पत्ता लगाउन गरिने अत्यन्तै महँगो परिक्षण हो। भरतपुर क्यान्सर अस्पतालले १२ हजार रुपैयाँमा यो परिक्षण हुनेछ।

    images

    सो परिक्षण सुरु गर्नका लागि भरतपुर अस्पतालले आवश्यक उपकरण जडान गरी चिकित्सक, प्राविधिकलाई तालिमसमेत दिइसकिएको जनाएको छ।

    यो परिक्षण रक्त क्यान्सर भएका बिरामीको हड्डी भित्रबाट मासी निकालेर गरिने एक प्रकारको उच्चस्तरको परीक्षण हो।

    अस्पतालको प्रयोगशाला विभाग प्रमुख डा ग्रेता पाण्डेले उपकरण जडान पश्चात ‘फ्लोसाइटोमेट्री’ सेवा थालनी गरेर ९० जनाभन्दा बढीको परीक्षण गरिएको जानकारी दिइन।

    `यो परिक्षण गर्न ढाडको हड्डीबाट मासी निकालेर नमुना लिइन्छ, अरु भन्दा यो फरक किसिमको परिक्षण हो, यसबाट रक्त क्यान्सरको प्रकार पत्ता लगाइन्छ।´ डा पाण्डेले सो परिक्षणबारे जानकारी दिंदै भनिन।

    उनका अनुसर विगतमा यो परीक्षणका लागि महँगो शुल्क तिरेर नमुना संकलन गरि भारत पठाउनुपर्ने बाध्यता रहँदै आएको थियो। तर अब आवश्यक उपकरण र जनशक्तिलाई तालिम पश्चात् यो परिक्षणका लागि अन्यत्र जानू पर्ने बाध्यता हट्ने छ।

    डा पाण्डेका अनुसार हाल एक जना डाक्टर र एक जना प्राविधिकलाई भारतको टाटा मेमोरियल क्यान्सर अस्पतालबाट यो परिक्षणका लागि तालिम उपलब्ध गराइएको छ।

    अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले ‘फ्लोसाइटोमेट्री’ परीक्षण शुरु भएसँगै क्यान्सर उपचारलाई थप प्रभावकारी बनाउन सहयोग पुगेको बताए।

    कार्यकारी निर्देशक डा पौडेलले भरतपुरमा नै यो सेवा उपलब्ध भएपछि बिरामीको उपचारमा थप सहजता आउने बताए।

    पछिल्लो समय क्यान्सर अस्पतालले आफ्नो सेवालाई थप प्रभावकारी बनाउन उपकरण थप गर्ने र जनशक्तिलाई तालिम दिने कार्यलार्ई तीव्रता दिँदै आएको अस्पतालले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend