मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

यौन दुर्व्यवहारमा परेकी १३ वर्षिया बालिकालाई काठमाडौं जिल्ला अदालतबाट न्याय

यौन दुर्व्यवहारमा परेकी १३ वर्षिया बालिकालाई काठमाडौं जिल्ला अदालतबाट न्याय

images
२०८२ जेठ १० गते, शनिवार
२०८२ जेठ १० गते, शनिवार
  • काठमाडौं। यौन दुर्व्यवहारमा परेकी १३ वर्षिया बालिकाको मुद्दामा दावी पुग्ने अदालतको फैसलाले पीडित बालिकालाई न्याय दिएको छ।

    images

    घरेलु श्रमिकका रुपमा रहँदा संरक्षकबाटै यौन दुर्व्यवहार सहेकी उनलाई गएको वर्ष जेठ १४ गते काठमाडौ महानगरपालिका १४ क्षेत्रबाट उद्धार गरेर महानगरपालिकाले संरक्षणमा राखेको थियो।

    images

    महानगरपालिकाले दिएको जाहेरीमा बालिका पीडामा परेको दावी पुग्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीनबन्धु बरालको इजलासले फैसला गरेको हो।

    गएको मंगलबार (जेठ ६, २०८२) पीडितको पक्षमा दाबी पुग्ने फैसला गरेपछि बालिकाले न्याय पुगेको महसुस गरेकी छिन्। मुद्दा २०८१ असार २१ गते दर्ता भएको थियो।

    ती बालिकाका अनुसार उनी रातको १० बजेदेखि ११ बजेको बिचमा कोठामा सुत्न जान्थिन। जब उनी निद्रामा हुन्थिन्, तब घरका ज्येष्ठ नागरिकका हात उनको सरीरमा सल्वलाउन थाल्थे। उनी बालिकाका प्रजनन अङ्गहरु सुम्सुम्याउन थाल्थे। केही बेर यसरी नै सुम्सुम्याउँथे। साँघुरो खाटमा एकछिन सँगै सुत्न खोज्थे। त्यसपछि जान्थे।

    अहिले सोही मुद्दामा ती बालिकाले काठमाडौं जिल्ला अदालतबाट न्याय पाएकी हुन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend