मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बाढीले कान्ति लोकपथ अवरुद्ध, डाइभर्सन बगायो

बाढीले कान्ति लोकपथ अवरुद्ध, डाइभर्सन बगायो

images
२०८२ जेठ १० गते, शनिवार
२०८२ जेठ १० गते, शनिवार
  • काठमाडौं। कान्ति लोकपथ अन्तर्गत पर्ने बागमती खोलामा अस्थाई सडक बनाउन भरिएको ग्राभेल डाइभर्सन बाढीले  बगाउँदा सडक अबरुद्ध भएको छ।

    images

    मकवानपुरको भिमफेदी गाउँपालिका ८, बगुवास्थित कान्तिलोकपथ सडक खण्डमा रहेको बागमती पुलको छेउमा भरिएको ग्राभेल शुक्रबार साँझ आएको बाढीले बगाएको हो।

    images

    मकवानपुर प्रहरीका अनुसार ग्राभेल बगाएपछि कान्ति लोकपथ हुँदै काठमाडौंबाट हेटौंडा जाने तथा हेटौंडाबाट काठमाडौं आउने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले यात्रुहरूलाई बैकल्पिक सडक प्रयोग गर्नसमेत आग्रह गरेको छ।

    मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले बाढीले सडक अबरुद्ध भएपछि खुलाउने प्रयास भैरहेको तर निरन्तर बाढी आइरहेका समस्या भइरहेको हुँदा बैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको जानकारी दिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend