मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सडकमा छट्पटाइ रहेकी बेवारिसे महिलालाई सुरक्षित रुपमा सुत्केरी गराउने प्रहरी जवान पुरस्कृत

सडकमा छट्पटाइ रहेकी बेवारिसे महिलालाई सुरक्षित रुपमा सुत्केरी गराउने प्रहरी जवान पुरस्कृत

images
२०८२ जेठ ८ गते, बिहिवार
२०८२ जेठ ८ गते, बिहिवार
  • कैलाली। कैलालीको सडकमा प्रसव पीडाले छट्पटाइरहेकी महिला र नवजात शिशुको ज्यान बचाउने प्रहरी जवान चन्द्रिकाकुमारी देउवालाई सम्मानसहित पुरस्कृत गरिएको छ।

    images

    जिल्ला प्रहरी कार्यालय कैलालीले देउवालाई बुधबार सम्मानसहित पुरस्कृत गरेको हो। अस्थायी प्रहरी पोस्ट खैरानामा कार्यरत देउवाले मंगलबार गोदावरी नगरपालिका–१ चैतन्यपुरस्थित गुहेश्वरी टोलको सडकमा प्रसव पीडाले छटपटाइ रहेकी बेवारिसे महिलालाई सुरक्षित रूपमा सुत्केरी गराएर महिला र शिशु दुवैको ज्यान बचाएकी थिइन।

    images

    प्रहरीलाई खबर आएपछि प्रहरी जवान देउवा आफ्नो बच्चालाई खाना खुवाउँदा खुवाउँदै छोडेर बेवारिसे महिलाको उद्धारका लागि पुगेकी थिइन।

    “प्रसव पीडाले सदकमा नै छट्पटाइरहेको खबर आएपछि बच्चालाई खाना खुवाउन रोकेर बर्दी लगाएँ र घटनास्थलमा हिडेँ, म पुग्दा महिला बेहोस थिइन, करिब दुई सय जति मान्छे जम्मा भएर हेरिरहेका थिए, म जसरी पनि तपाईं र तपाईंको बच्चाको ज्यान बचाउँछु भनेर सुत्केरी गराउन लागे।” प्रहरी जवान देउवाले घटना सम्झदै भनिन।

    उनले आफुले स्थानीयको सहयोगमा एक घरको आँगनमा ती महिलालाई सुत्केरी गराएको बताइन।

    “मलाई त सालनाल कसरी काट्ने भन्ने पनि थाहा थिएन, स्थानीयले ब्लेड ल्याइ दिएपछि उनीहरूको सहयोगमा सालनाल काटेँ।” उनले भनिन।

    प्रहरी जवान देउवाले सुत्केरी गराइ सकेपछि बच्चा र आमालाई उपचारका लागि पदमा अस्पताल भर्ना गरिएको जानकारी दिइन। हाल दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको प्रहरीले बताएको छ।

    सुत्केरी गराउने सन्दर्भमा बिना तालिम पनि उच्च मानवीयता प्रदर्शन गरेर नेपाल प्रहरीको इज्जत बढाउने काम गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले उनलाई सम्मानसहित पुरस्कृत गरेको हो।

    राम्रो काम गर्ने सबै प्रहरीलाई पुरस्कृत गर्ने कैलालीका प्रहरी उपरीक्षक बालनरसिंह राणाले बताए। उनलाई प्रशंसापत्र र रेकर्डमा जनिने गरि पुरस्कृत गरिएको हो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend